• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

सर्बोच्चको फैसला– केपी ओलीको अर्को जीत [मुक्त गुरुङको लेख]

Byspainnepal

Feb 23, 2021


सर्वप्रथम सर्बोच्च अदालतलाई धन्यवाद दिन चाहान्छु । संसद विघठन सम्बन्धि विषयमा छिटो फैसला गरेर देशलाई अनिर्णयको बन्दी बन्नबाट मुक्त गरेको छ । यो फैसला अनपेक्षित त छ तर यसलाई हामी सवैले स्विकार गर्ने नै छौ । अदालतले त्यहाँ परेकामुद्धाहरुमा हिजो पनि फैसला गरेको थियो भोली पनि गर्नेछ यो विषयमा कुनै खुसियाली मनाउनुपर्ने र कुनै हारको महशुस गर्नुपर्ने कारण छैन । र यो कुनै जीतहारको विषय पनि होइन । मुद्धामा एउटा पक्षमा फैसला त हुन्छ नै । तर त्यो फैसला देश र जनताको पक्षमा, स्थिरता र विकासको पक्षमा छै कि छैन भन्ने मुख्य प्रश्न हो । यो फैसला फेरी पनि देशमा अस्थिरता कायम राख्ने, सांसद किनबेचको पुरानो रोग ब्युताउने र देशलाई विदेशीको क्रिडास्थल बनाउने तर्फ अग्रसर रहेको सजिलै बुझिन्छ ।


सम्माननिय प्रधानमन्त्रीले किन र कस्तो अबस्थामा संसद विघठन गर्नुुभयो त्यो सवैलाई थाहा नै छ । आफ्नै पार्टी भित्रबाट काम गर्न नदिएर र सरकारलाई घेराबन्दी गरेर राखेपछि त्यसबाट मुक्त भएर देशलाई अघि बढाउन र जनतामा गएर पुन जनादेश लिएर आउन उहाँले गर्नुभएको आब्हनको सार्थकता अझै छ । लोकतन्त्रमा जनतामा जाने कुरा कसरी प्रतिगमन हुन्छ ? यदी जनतामा जाने कुरा प्रतिगमन हो भने के फेरी सांसद किनबेचको राजनीतिक परिघटना निम्त्याउनु अग्रगमन हो त ? यो प्रश्नको जवाफ पनि समय आएपछि जनताले पक्कै दिनेछन् ।


जहाँसम्म सर्वोच्चको फैसलापछि जसले जीत भनिरहेका छन् र केपी ओलीको हार भनिरहेका छन । म यसमा ओलीको फेरी अर्को जीत देखिरहेको छु । यो फैसलाले एक त ओलीलाई अदालत सेटिङको आरोप लगाउनेहरु निजवाफ भएका छन् । नेताहरुको लगातारको भारत भ्रमणले सेटिङ त कताको थियो भन्ने प्रस्ट भएको छ । यो पनि ओलीको आफैमा जीत हो । नाकाबन्दीको सामना र नेपालको भुमी फिर्ता ल्याउन गरेको सम्माननीय प्रधानमन्त्री ज्युको कामबाट को खुुसी छन र को दःुखी छन त्यो पनि प्रष्टै छ ।
अर्को तर्फ आगामी दिनमा सरकार बनाउन प्रचण्ड माधवले प्रधानमन्त्री खोज्दै हिड्ने र त्यसको लागि जस्तो पनि सम्झौता गर्ने अबस्था आउँछ । यसले ओलीलाई जनताको नजरमा माथी राख्ने छ । अबको राजनीति भने कांग्रेसको निर्णयमा भर पर्छ । प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव लगाउने र नयाँ सरकार बनाउने खेलमा काग्रेसको साथ भयो भने पनि ओलीले जित्नुहुनेछ । प्रचण्ड माधब नेपालले आफ्नै प्रधानमन्त्रीलाई हटाएर, पार्टी फुटाएर अमुक ब्यक्तिलाई प्रधानमन्त्री बनाए भने के यो उनीहरुको जीत हुनेछ त ? कदापी हुनेछैन त्यहाँ पनि ओलीकै जीत हुने छ किनकी जनताले यो कुरा सजिलै बुुझ्न्ेछन कि उनीहरु अस्थिरता चाहान्छन र देश र जनताका लागि होइन कुर्सीका लागि लडिरहेका छन भन्ने । अब प्रचण्ड नेपालले मात्रै नयाँ सरकार बनाउन सक्ने अबस्था छैन । काँग्रेसको साथ बिना त्यो हुदैन अब हिजोका दिनमा अस्थिरताको लागि काँग्रेसले के के गर्यो भन्ने कुरा सवैलाई सम्झना नै छ । ६\६ महिनामा सरकार फेर्ने र सरकार बनाउन जे पनि गर्ने गलत संसदीय गतिविधीले हामीलाई कहाँ पुर्यायो ? के फेरी देशलाई त्यही नियतीमा पुर्याउनु अग्रमन हो त ?
सम्माननीय प्रधानमन्त्रीको समर्थनमा रहेका हामी आम नेकपाका कार्यकर्ता अदालतको यो फैसलाको कारण निरास हुनुपर्ने कुनै कारण छैन । किनभने भोलीका दिनमा हुने प्रत्येक राजनीतिक गतिविधिले उहाँको जनतामा जाने निर्णय र कदम सही थियो भन्ने कुरा प्रत्येक पाइलामा पुष्ट्रि गर्दै जानेछ । सही विचार र उद्धेश्य लिएर पहाड चड्न हिडेको ब्यक्तिलाई बीचमा केही ठेस लाग्न सक्छ तर त्यो साहस बोकेर हिडेको ब्यक्ति फेरी उठेर अघि बढ्छ नै । केपी ओली र हामी आम उहाँका कार्यकर्ताको अबको यात्रा पनि त्यही सहि उद्धेश्यका लागि नै हुनेछ । उहाँले ब्युताउनुभएका नेपालीका मुर्छित सपनाहरु पुरा गर्ने हाम्रो अभियान कुनै एउटा घटनाले अबस्य पनि रोकिने छैन । राष्ट्रियताको पक्षमा सुरु भएका कामलाई अघि बढाउने र सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्ने हाम्रो प्रयास जारी नै रहने छ । त्यसको लागि थप केही दुख गर्नुपर्ने हुनसक्छ तर यसले ओली र हाम्रो जीतको यात्रा रोकिने छैन । भोलीका दिनमा हामीले राखेको सहि विचार र देश र जनताको पक्षमा चालेका कदमले थप पुष्ट्रि हुने मौका पाउँनेछन र बीचमा बाटो बिराएका सवै साथीहरु पनि हामीसँगै फर्कने छन र नेकपा पुन एकढिक्का भएर अगाडी बढ्ने छ ।

[लेखक नेकपा निकट प्रवासी नेपाली मञ्च स्पेनका पुर्व अध्यक्ष तथा एनआरएनएका हाल युरोप उपसंयोजक हुन]

Leave a Reply

Your email address will not be published. Required fields are marked *