• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

संसद पुर्नस्थापना हुने देखेपछि ओलीको दिमागले काम गर्न छोड्यो –प्रचण्ड

Byspainnepal

Feb 21, 2021


नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले सर्बोच्च अदालतले संसद पुर्नस्थापना गर्ने दावी गर्नु भएको छ । प्रवासी नेपाली एकता मञ्चको उहाँ निकट समुहले आइतवार भर्र्चुअल मार्फत गरेको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद पुर्नस्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री केपी ओलीको दिमागले काम गर्न छाडेको बताउनुुभयो । शनिवार विराटनगरमा ओलीले गरेको सम्बोधनले पनि संसद पुर्नस्थापनाको पुष्ट्रि गरेको बताउनुुभयो । ओलीले संसद पुर्नस्थापना भए आन्दोलन गर्ने भनेर अदालतलाई धम्क्याउन खोजेको भन्दै त्यो संसद पुर्नस्थापना हुने देखेर डरमा आएको अभिब्यक्ति भएको बताउनुुभयो । ओलीले निर्वाचन आयोग र उपराष्ट्रपतिलाई गाली गरेर आफ्नो पराजित मानसिकता देखाएको बताउनुुभयो । उहाँले पार्टी एकताका लागि गरेको सवै सहमतीबाट ओली पछि हटेकोले अहिलेको अबस्था आएको दावी गर्नुभयो ।
उहाँले प्रवासमा बस्ने नेपालीहरुको समस्या समाधानका लागि पहल गर्ने र एनआरएनहरुको लागि दोहोरो नागरिकताको लागि पहल गर्ने र गोर्खाहरुको समस्या समाधानका लागि पनि पहल गर्ने प्रतिबद्धता जनाउनुुभयो ।
भेलामा पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुषालले पनि संसद पुर्नस्थापना हुने दावी गर्नुभयो । उहाँले संसद विघठन खेलवाड नभएको भन्दै संसद पुर्नस्थापना भएपछि ओलीले दल विभाजन सम्बन्धी पुरानो अध्यादेश ल्याएर फेरी समस्या सिर्जना गर्ने बताउनुुभयो ।


पार्टीका प्रवास विभागका प्रमुख युवराज चौलागाईको अध्यक्षतामा भएको कार्यत्रमम प्रवासी नेपाली एकता मञ्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले सञ्चालन गर्नुभएको थियो भने विभाग सचिव श्रीप्रसाद शाहले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *