• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

Byspainnepal

Feb 23, 2021

काठमाडौं । प्रतिनिधि सभा पुनःस्थापित भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएपछि गत पुस ५ गते विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापित हुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले सर्वोच्चको संवैधानिक इजलासले सरकारको निर्णय बदर हुने फैसला गरेको हो ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि परेका १३ वटा रिट निवेदनमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई भएको थियो ।

यो मुद्दाका दुवै पक्षले बहस गर्नुका साथै र एमिकस क्युरीले समेत आफ्नो राय राखेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *