• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

संक्रमण उच्च भएका क्षेत्र लकडाउन गर्न ईयुको सिफारिस, स्पेनको धेरै क्षेत्र रेड जोनमा

Byspainnepal

Jan 25, 2021


स्पेन, २५ जनवरी / युरोपियन युनियनले पछिल्लो समय धेरै देशहरुमा कोरोना भाइरसको
संक्रमण उच्च भएका क्षेत्रमा लकडाउन गर्न सिफारिस गरेको छ । युनियनले सोमवार आफ्ना सवै सदस्य राष्ट्रहरुलाई यस्तो सिफारिस गरेको हो । उसले प्रतिएक लाखमा ५ सय जना भन्दा धेरै संक्रमित भएको स्थान लकडाउन गरी आइसोलेट गर्न सिफारिस गरेको छ । युनियनले धेरै प्रभावित क्षेत्रबाट आवतजावत पुर्ण रुपमा बन्द गर्न र देशरुको बीचमा पनि एकदमै अत्यावश्यक बाहेकका यात्रा निरुत्साहित गर्न सिफारिस गरेको छ ।
ईयुको सिफारिस अनुसार स्पेनको धेरै क्षेत्र उच्च संक्रमणको रेड जोनमा परेको छ । मुर्सिया, भ्यालेन्सिया, कास्तिया इ लियोन, ला रियोखा, कास्तिया ला मान्चा लगायतका स्थान एक लाखमा ५ सय केश भन्दा माथि छन् । रेड जोनमा रहेको क्षेत्रहरुमा लकडाउन गर्न युनियनले सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *