• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

श्रेष्ठ र रिजालले जनसम्पर्क समिति स्पेनको आलोपालो अध्यक्ष चलाउने

Byspainnepal

Dec 1, 2021

नेपाली जनसम्पर्क समिति स्पेनको मंगलवार भएको छैटौं महाधिबेशनवाट आलोपालो रुपमा कार्यकाल सन्चालन गर्ने गरी सन्तोष श्रेष्ठ र बिष्णु रिजाल अध्यक्ष चुनिएका छन। अध्यक्षका लागि ४ जनाको उम्मेद्बारी परेकोमा पेशल कोइराला र अन्जु तिमिल्सेनाले फिर्ता लिएपछी श्रेष्ठ र रिजाललाई आलोपालो गरेर आधाआधा कार्यकाल सन्चालन गर्ने गरी अध्यक्ष चयन गरिएको निर्वाचन समितिका संयोजक अनिल गुरुङले जानकारी दिए । सहमती अनुसार पहिलो १८ महिना श्रेष्ठ र बाँकी १८ महिना रिजाल समितिको अध्यक्ष हुनेछन । समितिको १४ सदस्यीय कार्यसमितीमा २ जना उपाध्यक्षमा शिव उपाध्याय र यज्ञ प्रसाद अधिकारी निर्विरोध भएका छन। महामन्त्रीमा विनय अधिकारी, सहमहामन्त्रीमा दीपक आर्चाय, कुल चन्द्र पन्थी निर्विरोध भएका छन। यस्तै सदस्यहरुमा श्रीराम चन्द भट्ट, भीम कुमार गुरुङ, कृष्ण पौडेल, सविता खत्री क्षेत्री बानिया, मुकेश कुमार शाही, कविता दाहाल, मनिषा भट्ट अधिकारी निर्विरोध भएका छन।

समितिका अध्यक्ष इन्द्र प्रसाद शर्माको सभापतित्वमा भएको भर्चुअल महाधिबेशनमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख अतिथि रहेका थिए । महाधिबेशनमा बिशेष अतिथीहरु नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव जनसम्पर्क समन्वय बिभाग प्रमुख गोबिन्द भट्टराइ ,आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्ट , समितिका संस्थापक अध्यक्ष चिन्तामणि सापकोटा , समितिका पूर्व अध्यक्ष एकराज गिरि , पुष्प भण्डारी र समितिका पूर्व अध्यक्ष तथा एन आर एन ए स्पेनका अध्यक्ष शालिकराम डुम्रे लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *