• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

शिरीष देवकोटाले ल्याए परदेशीको मन छुने गीत “खाडीको लाहुरे” [भिडियो]

Byspainnepal

Feb 14, 2021


विषेशगरी रोइला गायकको रुपमा आफ्नो परिचय बनाएका कलाकार शिरीष देवकोटाले परदेशी र त्यसमा पनि खाडी मुलुकमा जाने नेपालीहरुको सम्मानमा “खाडीको लाहुरे” भन्ने नयाँ गीत बजारमा ल्याएका छन् । कलाकार देबकोटाले विभिन्न चर्चित रोइला गीत ल्याइसकेका छन् । आफ्नो मुख्य विधा रोइला नै भएपनि आफुले धेरै सामाजिक गीतहरु पनि गाएको र यसैक्रममा “खाडीको लाहुरे” बनेको देवकोटाले बताए । उनले विशेषगरी युरोप, अमेरिका लगायतका देशमा जानेहरुलाई र खाडी, मलेसियामा जाने नेपालीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको तर खाडीमा जाने कामदारको नै नेपालमा बढि योगदान गरेको आफुले पाएकोले यो गीत बनाएको बताए । उनले भर्खरै सार्वजनिक गरिएको गीतले राम्रो प्रतिकृया पाएको बताए । देबकोटाको आफ्नै शब्द र संगीत रहेको उक्त गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् । भिडियो निर्देशन स्मृति तिमिल्सेना गुरुआमाले गरेकी हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *