• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

वैशाखभित्रै सञ्चालन हुँदै नेपालको रेल, चलाउने जिम्मा भारतीय कम्पनीलाई

Byspainnepal

Apr 18, 2021

काठमाडौं । नेपालको रेल वैशाखभित्रै सञ्चालनमा आउने भएको छ । देशकै एकमात्र रेल सेवा कुर्था–जनकपुर–जयनगर रेल वैशाखभित्रै सञ्चालनमा आउने भएको हो । ८ महिनादेखि सुनसरीको इनरवामा त्रिपालले छोपेर राखिएका दुई रेल सेट अब भने उक्त रेलमार्गमा सञ्चालनमा आउने भएका हुन् ।

नेपाल रेल्वे कम्पनीले रेल खरिद गरेकै भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनलाई रेल सञ्चालनको जिम्मा दिएपछि उक्त रेल सेवा सञ्चालन आउने सुनिश्चित भएको हो ।

नेपाल रेल्वे कम्पनीका अनुसार वार्षिक ३५ करोड २० लाख रुपैयाँ अर्थात २२ करोड भारतीय रुपैयाँमा रेल सञ्चालनको जिम्मा उक्त भारतीय कम्पनीलाई दिइएको हो । उक्त सम्झौता इक्विपमेन्ट, सिग्नलिङ सिस्टम, एक वर्षको मर्मतलगायत खर्च उक्त भारतीय कम्पनीले नै व्यहोर्ने गरी उक्त प्याकेज सम्झौता गरिएको हो । रेल चलाउन आवश्यक २६ जना दक्ष प्राविधिक जनशक्ति समेत उक्त कम्पनीले नै ल्याउनेछ ।

रेल चलाउने नेपालको रेलवे कम्पीले समेत सय जना कर्मचारीको व्यवस्थापन गरिसकेको जनाएको छ ।

नेपालमा व्यवस्थापन गरिएका कर्मचारीलाई तालिम दिइने र भारतबाट आउने मूल्य प्राविधिकले रेल सञ्चालन गर्ने तयारी छ ।

सम्झौतापछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङसहितको टोलीले शुक्रबार र शनिबार रेलमार्गको पूर्वाधार र सञ्चालनको तयारीबारे अवलोकन गरेका थिए ।

रेलमार्ग र तयारी अध्ययन गरेपछि उनले वैशाखभित्रैबाट रेल सेवा सञ्चालनमा ल्याउन सकिने बताएका थिए ।

रेलमार्गको सुरक्षाका लागि डीएसपीको नेतृत्वमा १५० जना सशस्त्र प्रहरीको टोलीलाई खटाइएको छ ।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा पुराना न्यारो गेज रेलमार्गलाई विस्थापन गरी ३५ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण गरिएको हो ।

मकालुखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *