• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

विदेशी नागरिकले यसरी लिन सक्छन स्पेनको पासपोर्ट

Byspainnepal

Sep 18, 2021


हेनले ग्लोवल पासपोर्ट ¥याङकिङका अनुसार विश्वका पावरफुल पासपोर्टको सुचीमा स्पेनको पासपोर्ट चौथौ नम्बरमा रहेको छ ।
विश्वका विभिन्न १९० देशहरुमा भिसा फ्रि (अनअराइभल भिसा सहित) रहेको स्पेनको पासपोर्ट कसरी लिन सकिन्छ भन्ने विषयमा धेरैको जिज्ञाशा रहेको हुनसक्छ । यहाँ विदेशी नागरिकले स्पेनको पासपोर्ट कसरी लिन सक्छन भन्ने विषयमा चर्चा गरिएको छ ।
स्पेनले पनि नेपालले जस्तै दोहोरो नागरिकताको मान्यता दिदैन । त्यसैले स्पेनको पासपोर्ट लिन चाहनेहरुले नेपालको नागरिकता भने त्याग्नुपर्छ । तर स्पेनले आफ्नो पुर्व उपनिवेश रहेका देशहरु स्पानिस न्याटिभ अमेरिकन, एन्डोरा, फिलिपिन्स, गिनी, पोर्चुगल या सेफार्डिक यहुदी मुलको ब्यक्तिलाई भने स्पेनले दोहोरो नागरिकताको सुविधा समेत दिएको छ । अन्य देशका नागरिकले स्पेनको पासपोर्ट लिदाँ आफ्नो पुरानो पासपोर्ट हस्तान्तरण गर्नुपर्छ ।

अब स्पेनको पासपोर्ट लिने तरिकाहरुको बारेमा चर्चा गरौ ।

  • रेसिडेन्सीको माध्यमबाट नेशनालिटी
    स्पेनमा विभिन्न तरिकाबाट विदेशी नागरिकले बसोबास अनुमती प्राप्त गर्छन । स्पेनमा सम्पति खरिद गरेर, ब्यापार ब्यवसायमा लगानी गरेर या कामको अबसर प्राप्त गरेर बसोवास अनुमती लिन सकिन्छ । यसमा धेरै नेपालीहरुले लिने रेसिडेन्सी “अराइगो”भनिने विधिबाट हो ।
    लगातार ३ बर्ष सम्म स्पेनको कुनै स्थानमा बसेपछि यहाँको स्थानीय सरकारी निकायबाट समाजमा विभिन्न तरिकाबाट घुलमिल भएको र भाषा सिकेको प्रमाणको रुपमा दिने कागज “इनर्फोमे डे अराइगो” र एक बर्षसम्म जागिरको ग्यारेन्टी भएको प्रमाण पेस गरेपछि स्पेनको सरकारले “टेम्पोरियल रेसिडेन्सी”कार्ड दिने गर्छ जुन पाँच बर्षसम्म समयअनुसार नविकरण गर्दै गएपछि पिआरमा बदलिन्छ । यसरी लिगल रुपमा स्पेनमा १० बर्ष बसेपछि यहाँको नेशनालिटी (पासपोर्ट) को लागि आबेदन दिन पाइन्छ । यसरी पासपोर्टको लागि आवेदन गर्दा चाहिने कागजपत्र भनेको जन्म दर्ता, विवाह भएको भए विवाह प्रमाणपत्र, मुल देशको प्रहरी चारित्रिक प्रमाणपत्र हो । यि सवै कागजपत्रलाई स्पानिश भाषामा अनुवाद गरी सम्बन्धित सरकारी निकायबाट प्रमाणिकरण गर्नुपर्छ । साथै यसको लागि स्पानिश भाषा परिक्षा र एक स्पेनको साँस्कृतिक ज्ञान बहु-छनोट परिक्षा उत्रीण गर्नुपर्छ ।
  • विवाह
    स्पेनको राष्ट्रियता प्राप्त गर्न पर्खाईको समय छोटो बनाउन एक उत्तम उपाए भनेको एक स्पानिश नागरिकसँग विवाह गर्नु हो । यदि तपाई कुनै स्पानिश नागरिकसँग एक बर्षदेखि बैबाहिक सम्बन्धमा हुनुहुन्छ भने तपाईले यहाँको न्याय मन्त्रालय मार्फत स्पानिस पासपोर्टका लागि आवेदन दिन सक्नुहुन्छ । स्पानिस नागरिकसँग विवाह गरी यदि विधवा या विदुर हुनुहुन्छ भने तुरुन्त पासपोर्टका लागि आवेदन दिन सकिने छ ।
  • जन्म
    स्पेनको पासपोर्ट प्राप्त गर्न अर्को बाटो भनेको स्पेनमा हुने जन्म हो । अथवा कुनैपनि देशका विदेशी आमा बुवाबाट स्पेनको भुमिमा जन्मने बच्चालाई यहाँको राष्ट्रियता उपलब्ध हुन्छ । यसको लागि स्पेनमा विदेशी आमा बुवाबाट जन्मने बच्चालाई शुरुमा यहाँ विदेशीलाई दिइने NIE भनिने एक परिचय नम्बर दिइन्छ । यसको एक बर्षमा उक्त बच्चाले यहाँको राष्ट्रियताको लागि आवेदन दिन पाउँछ । यदि बुवा आमा स्पेनमा लिगल अबस्थामा बसोबास गरेका छैनन भने आमा बुवा लिगल भएपछि मात्रै बच्चाको राष्ट्रियताको लागि आवेदन दिन सकिन्छ । तर स्पेनमा जन्मने बच्चाको बाबु थाहा नभएको या एकल आमा भएको हकमा सिधै राष्ट्रियताको लागि आवेदन दिन सकिन्छ । आमा या वुवा मध्ये एक या हजुरबुवा र हजुरआमा स्पेनिश नागरिक भएको भए स्पेन बाहिर अन्य कुनै देशमा जन्मेको भए पनि स्पेनको नागरिक हुनको लागि योग्य ठहरिने छ । र पासपोर्टको लागि आवेदन दिन सक्नेछ ।
  • सेफार्डिक यहुदी
    आफु सेफार्डिक यहुदीको वंशावली भएको प्रमाणित गर्न सक्ने ब्यक्तिले स्पेनमा बसोबास नगर्ने भएपनि स्पेनिश नागरिकता को लागी आवेदन दिन सक्छन । सेफार्डिक मूलको यहूदी र गैर यहूदी मानिसहरु जसले आफ्नो सेफार्डिक मूल र स्पेन संग एक विशेष सम्बन्ध साबित गर्न सक्छन् उनीहरुले स्पेनको राष्ट्रियताको लागि आवेदन दिन सक्छन् ।
  • परिक्षा

अक्टोबर २०१५ देखि, स्पेनमा नागरिकताको लागी आवेदन गर्नेहरुलाई उनीहरुको स्पेनीस भाषाको कौशल साबित गर्नको लागी एक परीक्षा पास गर्न अनिर्वाय गरिएको छ । यसले उनीहरु स्पेनको समुदायमा कती राम्रो संग एकीकृत छन् भन्ने देखाउछ र यसको साथै स्पेनको कानुन र साँकृतिक विषयमा एक बहु-छनोट परिक्षा समेत पास पर्नु पर्छ । स्पेनी नागरिकताको लागी आवेदन बारे सबै आधिकारिक जानकारी निम्न वेबसाइट मा पाउन सकिन्छ।

http://www.exteriores.gob.es/Portal/en/ServiciosAlCiudadano/InformacionParaExtranjeros/Paginas/Nacionalidad.aspx

  • दोहोरो राष्ट्रियता

स्पेनले दोहोरो राष्ट्रीयताको मान्यता दिएको छैन । तर स्पेनिश भाषा मुख्य भएका अमेरिकी देशहरु तथा अन्डोरा, फिलिपिन्स, इक्वेटोरियल गिनी, पोर्चुगल, वा सेफार्डिक यहूदी मूलको ब्यक्तिलाई भने स्पेनले दोहोरो नागरिकता लिने अधिकार दिएको छ ।
अरु सबैले स्पेनको राष्ट्रियता लिदा अघिल्लो राष्ट्रियता त्याग्नु पर्छ। यसको लागि एक फाराममा हस्ताक्षर सहित पुरानो पासपोर्ट हस्तान्तरण गर्नु पर्छ ।

  • समय अबधि
    सामान्यतया स्पेनको कानुन अनुसार राष्ट्रियताका लागि आवेदन दिएको ९ महिना देखि १२ महिना सम्म न्याय मन्त्रालयले स्विकृत या अस्विकृतको निर्णय दिनुपर्ने हो । तर यो यस्तो भएको भने देखिदैन । स्पेनको एक राष्ट्रिय अखवार एलपाइसका अनुसार करिब ४ लाख यस्ता आबेदन सुनुवायीकै क्रममा छन । र सन् २०१७ मा दिएको आवेदनको सुनुवायी अहिलेसम्म पनि भएका छैनन् । तर अनुभवी जानकारहरुका अनुसार १२ महिना भित्र आवेशनको सुनुवायी नभए यहाँको अदालत मार्फत अपिल (रिकुर्सो) गर्न सकिनेछ र यसरी केही छिटो सुनुवायी हुन सक्छ ।
  • पासपोर्टमा आमाको थर अबिवार्य
    स्पेनमा कुनै पनि ब्यक्तिको पासपोर्टमा हाल आमाको थर अनिवार्य गरिएको छ । यसअघि स्पानिस नागरिककै बच्चाहरुको पनि थरमा बाबुको थरलाई प्राथमिकता दिइने गरिएकोमा सन् २०१७ को जुलाईदेखि बच्चाको थरमा आमाको थर अनिवार्य गरिएको छ । बच्चाको नाम पछि आमाको थर राख्नुपर्ने अनिवार्य छ भने त्यसपछि बाबुको थर राख्न सकिनेछ । तर आमा बाबुको सहमतीमा आमा या बाबुको थर कुनलाई अगाडि र कुनलाई पछाडी राख्ने भन्ने छनोट गर्न सकिने विकल्प पनि स्पेनको कानुनले दिएको छ  ।  
  • बिभिन्न संचार माध्यम र सरकारी वेव साइटबाट संकलित

Leave a Reply

Your email address will not be published. Required fields are marked *