• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

यूरोपमा भित्रियो कोभिडको अफ्रिकी भेरियेन्ट, यूरोपेली देशहरुले अफ्रिकी मुलुकसँगको उडान बन्द गर्दै

Byspainnepal

Nov 26, 2021

दक्षिण अफ्रिकामा हालै भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘बी.१.१.५२९’ यूरोपमा पनि भित्रिएको पुस्टि भएको छ । हालै इजिप्ट हुँदै बेल्जियम आएकी एक महिलामा उक्त भेरियेन्ट देखिएको डब्ल्यूएचओले पुस्टि गरेको छ । कोभिड -१९ को उक्त भेरियेन्ट अहिले सम्मका भेरियेन्ट भन्दा बढी जोखिमपूर्ण भएको वैज्ञानिकहरुले बताएका छन् । यो भेरियेन्ट बिरुद्द अहिले लगाइएका भ्याक्सिन कति प्रभाबकारी छन भन्ने अध्ययन भैरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन बैठक बोलाएको छ भने बेलायतले ६ वटा अफ्रिकी मुलुकबाट हुने हवाई उडान अस्थायी रुपमा बन्द गरेको छ । स्पेन सहितका प्राय सबै यूरोपेली देशले पनि अफ्रिकी मुलुकबाट हुने हवाई उडान बन्द गर्ने तयारी गरेका छन।

दक्षिण अफ्रिकामा फेला परेको नयाँ भेरियन्ट ‘बी.१.१.५२९’ बाट २२ जना संक्रमित भएका छन् । नयाँ भेरियन्ट हङकङ र बोत्स्वानामा समेत फेला परेको छ । इजरायलमा मलाबीबाट आएका एक यात्रुमा समेत नयाँ भेरियन्ट पुष्टि भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्टमा पटक–पटक एउटै प्रकारको म्युटेसन हुने ‘मात्रा अस्वभाविक’ देखिएको छ ।

म्युटेसनको ‘अस्वभाविक मात्रा’का कारण नयाँ भेरियन्टले शरीरको रोगप्रतिरोधी क्षमता छल्न सक्ने र थप संक्रामक बन्न सक्ने चिन्ता वैज्ञानिकहरुको छ । केही दिनभित्रै नयाँ भेरियन्ट कति संक्रामक र गम्भीर छ भनेर पत्ता लाग्ने वैज्ञानिकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *