• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

युरोप छिर्न लागेका आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

Byspainnepal

Jul 4, 2021

रोम जान लागेका विभिन्न मुलुकका आप्रवासी बसेको एउटा डुंगा शनिबार भूमध्यसागरमा डुब्दा ४३ जनाको मृत्यु भएको छ ।

८४ जनाको ट्युनिसियाको नौसेनाले उद्दार गरेको छ । लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटाली जान लागेको डुंगा इन्जिन बिग्रिएपछि ट्युनिसियाको सीमा नजिक डुबेको सञ्चार माध्यमहरुले जनाएका छन् । डुंगामा इजिप्ट, सुडान, बंगलादेशलगायत मुलुकका नागरिकहरू सवार रहेको बताइएको छ ।

पछिल्लो समय इटाली हुँदै युरोप छिर्न खोज्ने आप्रवासी चढेको डुंगा दुर्घटना भएर धेरैले ज्यान गुमाउने गरेका छन् । मध्यपूर्व र अफ्रिकामा जारी द्वन्द्वका कारण गरिब मुलुकका नागरिकहरू ज्यानको बाजी लगाएर भूमध्यसागरबाट युरोप जान खोज्ने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *