• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

युरोपेली देशहरु कोरोना संक्रमणको अर्को लहरको खतरामा

Byspainnepal

Mar 20, 2021


धेरै युरोपेली देशहरुमा कोरोना भाइरस संक्रमणको अर्को लहरको खतरा देखिएको छ । बेलायतबाट शुरु भएको कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेसँगै युरोपका देशहरुका लागि आगामी केही समय थप चुनौतीपुर्ण हुने देखिएको छ । पछिल्लो ३ हप्तामा नयाँ भेरियन्टको संक्रमण ३४ प्रतिसतले बढेको छ । फ्रान्स, इटाली, पोल्याण्ड लगायतका देशहरुले देशका धेरै जनसंख्या नयाँ लकडाउन मार्फत घर भित्र सिमित गरिसकेका छन् । जर्मनीमा ३ महिनादेखि रहेको अबरोध हटाउने चर्चा चलिरहँदा ३ हप्तादेखि युरोपमा बढेको संक्रमणले थप चुनौती देखाएको छ । स्पेन र पोर्चुगलले गत जनवरीको अन्तिम तिर नै कोरोना संक्रमणको तेस्रो लहरको उच्चतम बिन्दुको अनुभव गरिसकेका छन् । अहिले यसका छिमेकी देशहरुमा बढेको नयाँ भेरियन्टको संक्रमणले यि देशहरुमा पनि चौथो लहर भित्रने खतरा रहेको विशेषज्ञहरुले बताएका छन् । नयाँ भेरियन्टको उच्च संक्रमण देखिएका देशहरुसँग हवाई तथा अन्य आवतजावतमा कडाइ नगरिएकोले समस्या बढ्न सक्ने चेतावनी दिइएको छ ।
विश्व स्वास्थ्य संगठनले युरोपका धेरै देशहरुमा बढ्दै गएको नयाँ संक्रमणले ल्याउन सक्ने थप क्षतिबाट बच्न बन्देजका उपाएहरु तत्काल फुकुवा नगर्न चेतावनी दिएको छ । विशेषज्ञहरुले युरोपमा खोप अभियानमा भैरहेको ढिलाईले गर्दा कोरोना संक्रमणको नयाँ लहरले थप क्षती पुग्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *