• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

युरोपमा कोरोना भ्याक्सिनको अभाव, स्पेनमा पनि खोप कार्यक्रम प्रभावित

Byspainnepal

Jan 28, 2021

स्पेन, २८ जनवरी । युरोपमा कोरोना भ्याक्सिनको आपुर्तिमा समस्या आउँदा खोप कार्यक्रम प्रभावित भएका छन् । युके, जर्मनी, इटली, स्पेन लगायतका देशमा पहिले सम्झौता भए अनुसारको खोप आपुर्तिमा समस्या भएपछि खोप कार्यक्रमहरु प्रभावित भएका छन् ।

युरोपमा भ्याक्सिन आपुर्ति गरिरहेको भाइजर, मोडेर्ना भ्याक्सिनको आपुर्तिमा समस्या आएको छ भने कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश बनेको छ। यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ।
युरोपका कैयौँ भागमा फाइजररबायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको छ। अक्सफर्ड विश्वविद्यालयसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाले एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थाबारे जानकारी गराएको हो।
जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य र इटलीका कैयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ। म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिने समेत बन्द गरिएको छ। भ्याक्सिनको पहिलो डोज लिइसकेका ब्यक्तिलाई निश्चित तालिकामा दोस्रो डोज दिन पनि समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *