• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

युके होलिडे– बैदेशिक यात्राको प्रतिबन्द्ध नहट्ने सरकारी भनाई

Byspainnepal

Mar 21, 2021


इङल्याण्डका सरकारी अधिकारीले आगामी होलिडेमा आफ्ना नागरिकलाई बैदेशिक यात्रा जान लगाइएको प्रतिबन्द्ध हटाउन नसकिने जनाएका छन् । इंङल्याण्डका रक्षा सचिव बेन वाल्सेले मानिसहरुलाई अहिले नै होलिडे बुकिङ गर्नु छिटो हुने बताएको बीबीसीले जनाएको छ । मानिसहरुका लागि होलिडेमा बैदेशिक यात्रामा जान अनुमती दिदा कोरोना संक्रमण थप बढ्ने र नयाँ भेरियन्टको संक्रमण युकेमा थप भित्रने भन्दै उनले यसको लागि खुल्ला हुन नसक्ने बताएका छन् । अहिले युकेले अति आवश्यक बाहेकका बैदेशिक यात्रा रोकेको छ भने युके भित्रनेका लागि अनिवार्य क्वारेन्टाइनको नियम जारी राखेको छ ।
इङल्याण्डले आगामी मे १७ तारिकसम्म होलिडेको लागि बैदेशिक यात्रामा प्रतिबन्द्ध लगाएको छ । अप्रिल १२ मा विशेषज्ञ समुहले दिने रिपोर्टका आधारमा प्रतिबन्द्ध थप गर्ने या नगर्नेबारे निर्णय हुने छ । केही दिनअघि इङल्याण्डका एक सरकारी बैज्ञानिकले आगामी समरमा युके नागरिकका लागि बैदेशिक होलिडे यात्रा सम्भव नभएको बताएका थिए । स्पेनले युकेबाट आउने यात्रुहरु र हवाइ उडानलाई प्रतिबन्द्ध जारी नै राखेको छ । तर स्पेनले आगामी इस्टरका लागि जर्मनी नागरिकलाई भने स्पेन आगमन खुल्ला गरेको छ । तर जर्मनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेकोले अन्यौल कायमै छ । जर्मन सरकारले आगामी अप्रिलमा थप लकडाउन गर्र्ने योजना बनाएको समाचारहरु सार्वजनिक भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *