• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

युएईमा पनि नयाँ भाइरस, सचेत रहन दुतावासको आग्रह

Byspainnepal

Jan 10, 2021

युएई, १० जनवरी । नेपाली दुतावास युएईले केहि दिनदेखि युएईमा कोरोनाको संक्रमण उच्चदरमा बढेको भन्दै सचेत रहन त्यहाँ स्थित सवै नेपालीलाई आग्रह गरेको छ । दुतावासले आइतवार एक विज्ञप्ती निकालेर युएईमा एकै दिन झण्डै ३ हजार नयाँ संक्रमण भएको भन्दै सचेत रहन आग्रह गरेको छ । विशेषगरी युरोपेली मुलुकहरुमा देखिएको नयाँ प्रकारको भाइरस युएईमा पनि देखिन थालेको भन्दै दुतावसले त्यहाँको सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालना गर्न सवै नेपालीहरुलाई आग्रह गरेको छ । दुतावासले त्यहाँ रहेका सवै नागरिक र विदेशी नागरिकलाई भ्याक्सिन निशुल्क रुपमा उपलब्ध रहेको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *