• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

यि हुन कोभिडको नयाँ स्ट्रेनका लक्षण

Byspainnepal

Jan 16, 2021

बेलायतमा पहिलो भेटिएको कोरोना भाइरसको नयाँ स्ट्रेन अहिलेसम्म ५० देशमा पुगिसकेको छ । पहिलेको तुलनामा सङ्क्रामक तथा बढी गतिमा फैलिने क्षमता राख्छ ।

साथै, यो हरेक उमेर र लिङ्गका मानिसहरूमा एकै किसिमले फैलने गर्छ । उत्परिवर्तनले भाइरसलाई मानव कोशिकामा प्रवेश गर्न सजिलो बनाएको छ, जसले बच्चाहरू पनि सङ्क्रमित हुने सम्भावना बढी हुने देखिएको छ ।

पुरानो र नयाँ प्रकारको कोरोना भाइरसमा देखिने धेरैजसो लक्षण समान छन् । जसकारण उचित पहिचानविना नै यी दुईबीच भिन्नता पत्ता लगाउन लगभग असम्भव छ । तर, दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयले गरेको अध्ययनअनुसार भाइरसको नयाँ भेरिएन्टका बारे चिन्तित व्यक्तिले यी लक्षण र लक्षणको क्रमको आधारमा भाइरस पहिचान गर्न सक्छन् ।

–उच्च तापक्रम
–सुख्खा खोकी र मांसपेशीको दुखाई
–वाकवाकी हुने
–झाडापखाला

साथै, रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले कोभिडको नयाँ संस्करणका कारण देखिनसक्ने पाँच खतरनाक चेतावनी सङ्गेत प्रकाशित गरेको छ । साथै, यी लक्षणलाई आपतकालीन सङ्केत सोचिसक्दो चाँडो उपचार खोज्न आग्रह गरिएको छ । यी हुन् ती पाँच लक्षणः

–सास फेर्न समस्या भएमा
–भ्रम
–लगातार छातीमा दुखाई अनुभव भएमा
–थकित र बिउँझिरहन असमर्थ भएमा
–ओठ वा अनुहार निलो हुँदै गएमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *