• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

यात्राका लागि इम्युनिटी पासपोर्ट लागु गर्न स्पेनको ईयुलाई दवाव

Byspainnepal

Jan 21, 2021

स्पेन, २१ जनवरी/ स्पेनले यात्राको लागि भ्याक्सिन लिएको प्रमाणपत्र पेश गर्नुपर्ने ब्यवस्था गर्न युरोपियन युनियनमा दवाव दिएको छ । युनियन भित्रका मुलुकमा आवातजावत गर्न भ्याक्सिन प्रमाणपत्रको ब्यवस्था गर्न स्पेनले माग पनि राखेको छ । भ्याक्सिन लिइसकेका ब्यक्तिहरुलाई प्रमाणपत्र दिने विषयमा ईयुका नेताहरुबीच छलफल हुनेछ । यसलाई इम्युनिटी पासपोर्टको रुपमा यात्राको क्रममा प्रयोगमा ल्याउने गरी ब्यवस्था गर्ने तयारी छ । यसले अहिले देखिएको आवातजावतको समस्या समाधान हुने अर्थतन्त्र पनि अगाडी बढ्ने विश्वास लिएको स्पेनका विदेशमन्त्री आर्न्चा गोञ्जालेजले एउटा रेडियोमा दिएको अन्र्तवार्तामा उल्लेख गरेकी छिन । उनले यसले कोभिडको कारण रहेको अबरोध र बन्देजहरु हटाउने तथा पिसिआरको बाध्यकारी अबस्था समाप्त हुने उनले उल्लेख गरेकी छिन । त्र फ्रान्स, रोमानिया लगायतका केही देशहरुले भने इम्युनिटी पासपोर्टमा सहमत भएका छैनन् । यता विश्व स्वास्थ्य संगठनले पनि यसको समर्थन गरेको छैन । अहिले लगाईरहेको खोपले कतिको काम गर्छ भन्ने कुरा हेर्न बाँकी नै रहेको र सबैले खोप पाउने अबस्था बनिनसकेको भन्दै उसले इम्युनिटी पासपोर्ट को समर्थन गरेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *