• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

म्यानमारमा प्रतिबन्ध लगाउने बाइडनको चेतावनी

Byspainnepal

Feb 2, 2021

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमा पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । सेनाले सत्ता कब्जा गरेको घटनाको निन्दा गर्दै त्यहाँ पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।

म्यानमारमा प्रजातन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदाय एक हुनुपर्ने पनि उनले बताए । गत दशकमा म्यान्मारमा प्रजातन्त्र स्थापना भएपछि अमेरिकाले प्रतिबन्धहरू फिर्ता लिएको थियो ।

सेनाले सोमवार राष्ट्रपति र नेत्री आङ सान सू चीसहित नागरिक नेताहरूलाई नियन्त्रणमा लिएर देशमा संकटकाल घोषणा गरेको छ । यसको संयुक्त राष्ट्रसङ्घ, अमेरिका र यूकेले निन्दा गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिवले सेनाको कदम प्रजातान्त्रिक सुधारका लागि गम्भीर प्रहार भएको टिप्पणी गरेका छन् । राष्ट्रसङ्घले पक्राउ परेका कम्तीमा ४५ जनालाई मुक्त गर्न माग गरेको छ ।

यूकेका प्रधानमन्त्रीले सू चीको गिरफ्तारीलाई अवैधानिक भनेका छन् । ईयूका नेताहरूले पनि सेनाको कदमको निन्दा गरेका छन् । चीनले सबै पक्षलाई आफ्ना मतभिन्नता समाधान गर्न आग्रह गरेको छ । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *