• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

मेलम्चीको पानी यसरी सुन्दरीजल आइपुुग्यो [फोटो फिचर]

Byspainnepal

Mar 6, 2021


आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ ।

पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो ।

आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ । आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरूङमा पानी छाडेको थियो ।

सुरूङ हुँदै आएको मेलम्चीको पानी सुन्दरीजलमै प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ । विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची आमनागरिकको लामो सपना भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको कुरा चल्दा आफ्नो कपाल कालै रहेको बताएका छन् । शनिबार बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘मेरो कपाल कालै थियो मेलम्चीको कुरा चल्दा,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बनिसक्दा कतै कालो रहेन । यो हाम्रो लामो र ठूलो सपना थियो ।’

यस्तै ओलीले अब बागमती पनि सफा हुने बताएका छन् । ‘धेरै वर्ष बागमती सफाइ अभियान चले,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब सफाइ अभियानलाई यसले पनि सघाउनेछ ।’ २७ गतेको शिवरात्रीमा सफा पानीले नुहाउन पाइने बताएका प्रधानमन्त्री ओलीले थपेका छन्, ‘प्रतिक्षा गर्नुस् । २७ गतेको शिवरात्रीमा तपाईँले दुर्गन्धित पानीले नहाउन पर्दैन । सफा पानी आउँछ । किनकी, मेलम्चीको यो पानी अब बागमतीको बाटो हुँदै बग्छ ।’

कसैले काम गर्न नदिएपनि आफूले कामको ‘स्पीरिट्’लाई सन्तुलनमा राखेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कामहरु भएका भएकै छन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो काममा ध्यान छ । हामी अरुले जस्तो आलोचना मात्रै गर्दैनौँ ।’


्तस्वीरः मकालु खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *