• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

मुगुका आगलागी पिडितको लागि स्पेनमा राहत संकलन शुरु

Byspainnepal

Nov 17, 2021

मुगुमा भएको आगलागी पिडितको लागि सहयोग गर्न स्पेनमा राहत संकलन शुरु भएको छ । मुगु घर भै स्पेनको कोस्टाब्लान्का क्षेत्रमा ब्यवसाय गर्दै आउनु भएका समाजसेवी अक्कल बहादुर बोहराको पहलमा राहत संकलन शुरु भएको हो । आगलागी पिडितलाई राहत दिनका लागि बोहरा आफैले ५० हजार रुपैंया सहयोगको घोषणा गर्दै सवै स्पेनबासी नेपालीका सहयोगको लागि अपिल गर्नु भएको हो । बोहराले आब्हान गरेको सहयोग अभियानमा अहिले स्पेनभरीबाट सहयोग उठ्ने क्रम जारी छ । अहिलेसम्म १२ सय यूरो सहयोगको प्रतिबद्धता आइसकेको र सहयोग आउनेक्रम जारी रहेको उहाँले बताउनुभयो । आगलागीबाट आफ्नो जिल्लाबासी पिडित बनेको यो समयमा चुप लागेर बस्न नसकेकोले केही भएपनि राहत दिन सकिन्छ कि भनेर अभियान शुरु गरेको उहाँले बताउनुभयो ।

मुगुको गमगढी बजारमा सोमवार भएको भिषण आगलागीबाट २१ घर जलेर खरानी भएका छन् । स्थानीय ठिल्ले तामाङको घरबाट राती १२ वजे सल्केको आगोले काठबाट निर्मित वरिपरिका धेरै घरहरु जलेर नष्ट हुदा करोडौको क्षति भएको छ । छिटो भन्दा छिटो राहत संकलन गरेर सहयोग पठाइने भएकोले बोहराले स्पेनबासी नेपालीहरु समक्ष सहयोगका लागि आग्रह गर्नु भएको छ । 

सहयोग रकम निम्न एकाउन्ट नम्वरमा पठाउन सकिन्छ । 

Bank Sabadell A/C no. ES2000810671220006180233

Leave a Reply

Your email address will not be published. Required fields are marked *