• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

महाभुकम्पको ६ वर्ष पुरा, देशको पिडामा एक भएको थियो ‘स्पेनको नेपाली समुदाय’

Byspainnepal

Apr 25, 2021

६ वर्षअघि बैशाख १२ गते, मध्यान्ह १२ बजेपछि नेपाल सन्त्रासमा परेको थियो । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । विक्रम सम्वत् २०७२ सालको भुकम्पको छैठौं वर्ष पुगेको दिन हो, आज ।

त्यो महाभूकम्पको त्रास अझै बाँकी छ । अनि भूकम्पले लडाएको संरचनाहरू अझै पनि ठडिन बाँकी नै छन् ।
भूकम्पपछि सरकारले राष्ट्रिय योजना आयोगको अगुवाईमा संकलन गरेको तथ्यांकअनुसार त्यो भूकम्पमा ८ हजार ८ सय ९१ जनाभन्दा बढीको मत्यु भएको थियो । भूकम्पमा घाइते भएकाहरु उपचारकै क्रममा मृत्यु हुने क्रम पछिसम्म चलेको थियो । जसमा २२ हजार ३ सयभन्दा बढी घाइते भएका थिए । अझ भूकम्पपछिको कुपोषण र रोगले मानिसको ज्यान लियो नै । त्यो भूकम्पमा ९ लाख घर ध्वस्त भएको थियो ।
आज ६ वर्ष पूरा भएसक्दा बल्ल धरहराको निर्माणले स्वरूप पाएको छ । भूकम्पको केन्द्रविन्दू गोरखा वारपाक वासिन्दाहरुले भर्खरै मात्र घर पाउँदैछन् ।

महाभुकम्पपछिको देशको पिडामा मलम लगाउन खासगरी विदेशमा बस्ने नेपालीहरुले ठुलो भुमिका खेलेका थिए । विदेशमा बस्ने नेपालीहरुले एकजुट भएर तत्कालिन राहतको काममा हातेमालो गरे भने भुकम्पबाट क्षति भएका संरचनाको पुर्नसंरचनाका लागि पनि धेरै ठुलो योगदान गरेका थिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा बस्ने नेपालीहरुको सहयोगमा निमार्ण गरेका ‘लाप्राक नमूना वस्ती’ हालै सेवाग्राहीलाई हस्तान्तरण गरेको छ । यो महाभूकम्पपछि एनआरएनएले थालेको एउटा महत्वाकांक्षी परियोजना थियो, लाप्राक नमुना वस्ती निर्माण । करिव ६ वर्षको अवधिमा वस्ती निर्माण कार्य पूरा भएपछि संघले सेवाग्राहीलाई वस्ती हस्तान्तरण गरेको हो । एनआरएनएका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झण्डै ५७,६६,०४,८३६।४९ रुपिंयाको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, संघसंस्थाहरु लगायत नेपाल सरकार, स्थानीय सरकार, सम्पूर्ण दाता एवं अन्य रुपमा सहयोग गर्ने सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भयो ।


नेपालको पिडाको समयमा एकजुट भएको थियो स्पेनको नेपाली समुदाय


महाभुुकम्पले देशमा ल्याएको पिडामा स्पेनमा रहेको नेपाली समुदाय एकजुट भएर लागेको थियो । स्पेनका विभिन्न संघसस्था र विभिन्न क्षेत्रमा बस्ने नेपाली समुदायले ठुलो मेहनत गरेर सहयोग रकम संकलन गरेका थिए । स्पेनको बार्सिलोना, म्याड्रिड, बल्विाओ, कोस्टाब्लान्का, कानरिया लगायतका क्षेत्रबाट संकलन भएको १ लाख १४ हजार युरो नेपालमा सहयोग भएको थियो ।


एनआरएनए स्पेनका तत्कालिन अध्यक्ष एकराज गिरिले दिनुभएको जानकारी अनुसार स्पेनबाट भएको सहयोगको विवरण यस्तो रहेको छ ।
बिनाशकारी भूकम्पको त्यो समयमा एनआरएनए स्पेन को नेतृत्व अनि तत्कालिन कन्सुलर लुईस बेल्भिस, स्पेनस्थित सम्पूर्ण संघसंस्थाहरु र स्पेनवासी सम्पूर्ण नेपालीहरुको पहलमा
– पहिलो चरणमा राहतका लागि एनआरएनए आइसिसिको खातामा पठाएको रकम ४० हजार युरो
– दोश्रो चरणमा लाप्राक बस्तिका लागि एनआरएनए आइसिसि को खातामा पठाएको रकम ६२ हजार ७ सय ७० युरो
– तेश्रो चरणमा धादिङ्गको श्री मनरुपि निमावीको दुई कोठे भबन निर्माणका लागि पठाएको रकम १० हजार युरो।
– तीन चरणमा पैसा पठाउँदा बैंकलाई तिरेको रकम झन्डै ८ सय युरो।

स्पेनमा जम्मा गरेर नेपाल पठाईएको कुल रकम झन्डै १ लाख १४ हजार युरो।

जमिनमुनीका प्लेटहरूको चलायमानका कारणले आउँदा पुस्ताले पनि भूकम्पको जोखिम सहन गर्नै पर्नेछ । भूकम्प टार्न नसके पनि यसको जोखिम न्यूनीकरण गर्न सबै जना लागि परौं । आजको दिनमा ती ज्ञात–अज्ञात मृतआत्माहरूलाई पनि श्रद्धासुमन अर्पण गर्न चाह्यौं, जसले भूकम्पमा ज्यान गुमाउनुभयो । बैशाख १२ विक्रम सम्वत् २०७२ को भूकम्पको सम्झना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *