• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

भ्यालेन्सिया क्षेत्रमा नियम उल्लंघन गरे ६ हजारसम्म जरिवाना

Byspainnepal

Jan 24, 2021

बेनिडर्म, २४ जनवरी/ भ्यालेन्सिया क्षेत्रमा केहि समयदेखि बढेको कोरोना भाइरससंग जुध्न यहाँको सरकारले लगाएको कडा खालको प्रतिबन्द्ध फेब्रुअरी १५ तारिकसम्म लम्ब्याइएको छ । यस्तै आइतवार यहाँको सरकारले सुचना निकालेर थप कडाइका नियम लगाएको छ । रेष्टुरेन्ट तथा बारहरु बन्द नै हुनेछन भने अन्य अत्याबश्यक बाहेकका पसलहरु ६ वजेबन्द गर्नुपर्ने छ । यसअघि देखिको १० बजेको कर्र्फयु कायममै रहेको छ । अब सार्वजनिक स्थानमा २ जना भन्दा धेरै भेला हुन पाइने छैन । भने यि नियमको उल्लंघन गर्नेलाई ६० युरो देखि ६ हजार युरोसम्म जरिवाना गर्न सक्ने अधिकार दिइएको छ । ५० हजार भन्दा धेरै जनसंख्या भएको शहरहरुबाट ृसप्ताहअन्तमा भित्र आउन र प्रबेश गर्न रोक लगाइएको छ । यो नियम भ्यालेन्सिया, आलिकान्ते, आल्चे, कास्तियोन, तोर्रेभियखा, तोरेन्ट, ओरेहुइया, गान्धिया, पातरेना, बेनिडर्म, सागुन्त, आल्कोइ, सान्त भिसेन्ट मा लागु हुनेछ । भ्यासेन्सिया क्षेत्रमा दुईहप्ता यता प्रति १ लाखमा १ हजार २ सय ४५ जनालाई कोरोना भाइरस देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *