• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

भ्यालेन्सिया कम्युनिटीमा थप कडाई बिहिबारदेखि बेलुका पाँच बजे रेष्टुरेन्ट बन्द गर्नुपर्ने

Byspainnepal

Jan 5, 2021

स्पेन,५ जनवरी / स्पेनको भ्यालेन्सिया कम्युनिटीले केहि दिनदेखि यस क्षेत्रमा कोरोना संक्रमण तिव्रगतिमा बढेपछि थप कडाई गरेको छ । भ्यालेन्सियन कम्युनिटीमा हिजो सोमवार मात्रै कोरोनाका कारण ३ सय जना को मृत्यु भएको छ भने ३ हजार नयाँ संक्रमण भेटिएको छ । अवस्था थप विग्रदै गएपछि यहाँको स्थानीय सरकारले विहिबारदेखि लागु हुने गरी जनवरी ३१ तारिकसम्मको लागि थप कडाईका नियमहरु ल्याएको छ । जसअनुसार भ्यालेन्सिया, आलिकान्ते, कास्तियोनमा जनवरी ७ तारिख विहिवारदेखि सम्पुर्ण होटल तथा रेष्टुरेन्ट ब्यवसाय बेलुकी ५ वजे बन्द गरीसक्नु पर्नेछ ।
यस्तै यसअघि राती ११ वजेदेखि शुरु हुने रात्रिकालिन कर्फ्यूको समयलाई परिवर्तन गरेर १० वजे बनाईएको छ । रेष्टुरेन्ट तथा बारको बाहिर धुम्रपान गर्न पाइने छैन भने ब्यवसायको पुरा क्षमताको ३० प्रतिसतलाई मात्रै अब सेवा दिन पाइनेछ । यस्तै बढिमा ६ जनाको मात्रै जमघट गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *