• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

भ्याक्सिन लगाएका इयु नागरिलाई स्पेन आउँदा पिसिआर नचाहिने

Byspainnepal

Apr 16, 2021


भ्याक्सिन पासपोर्ट लिएर स्पेन आउने युरोपियन मुलुकका नागरिकलाई पिसिआर परिक्षणको रिपोर्ट नचाहिने भएको छ । युरोपियन युनियनले आधिकारिक रुपमा उपलब्ध गराएको डिजिटल ग्रिन सर्टिफिकेट लिएर आउनेहरुलाई पिसिआर परिक्षण गर्नुनपर्ने र क्वारेन्टाइन पनि बस्नुनपर्ने स्पेनका स्वास्थ्य अधिकारीले बताएका छन् । निशुल्क क्युआर कोडको रुपमा उपलब्ध हुने उक्त कोभिड भ्याक्सिन पासपोर्ट आगामी जुनको अन्तिमदेखि लागुहुने छ । स्वास्थ्य मन्त्रालयले यसले युरोपियन मुलुक भित्रका नागरिकलाई स्पेनमा निर्वाध आवतजावतको लागि सहजिकरण गर्ने जनाएका छन् । यो ट्राभल डकुमेन्ट नभएको तर यसले माानिसहरुको आवतजावत बढाउन सघाउने सरकारी अधिकारीले जनाएका छन् । यसले आगामी समरमा स्पेनमा पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ । यो बर्ष ४० मिलियन पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *