• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

भारतबाट स्पेन आगमनमा कडाई, १० दिन क्वारेन्टाइन अनिर्वाय

Byspainnepal

Apr 27, 2021


स्पेनले भारतमा भैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई रोक्ने उद्देश्यले भारतबाट स्पेन आउने यात्रुहरुमा कडाई शुरु गरेको छ । भारतबाट अत्यावश्यक बाहेकका काममा आउन नदिने निर्णय गर्दै स्पेनिस सरकारले स्पेनको रेसिडेन्सी भएका नागरिकहरु भने आउन पाउने जनाएको छ । भारतबाट स्पेन आउने सवैले पिसिआर नेगेटिभ रिर्पोट ल्याउनुपर्नेछ भने यहाँ आएपछि अनिर्वाय रुपमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । यो सँगै भारत पनि दक्षिण अमेरिकी देशहरु र अफ्रिकन देशहरुसँगै स्पेनको क्वारेन्टाइनको सुचिमा थपिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण तिब्र रुपमा बढेको छ । पछिल्ला दिनहरुमा भारतमा दैनिक ३ लाख भन्दा धेरै संक्रमित थपिएका छन भने ३ हजार भन्दा धेरैको ज्यान गैरहेको छ । भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टले नेपालमा पनि कारोनाको दोस्रो लहर शुरु भएको छ । तर स्पेनले नेपाललाई भने अहिलेसम्म क्वारेन्टाइनको सुचिमा राखेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *