• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

बेलायतमा एकैदिनमा २२ हजार ८ सय ६८ नयाँ संक्रमित थपिए

Byspainnepal

Jun 29, 2021

बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो ।

हिजो २४ घन्टाको अवधिमा २२ हजार ८ सय ६८ नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत जनवरी ३० पछिको सबैभन्दा बढी हो ।

कोरोना महामारी नियन्त्रणका लागि पटक पटक थपिएको लकडाउनका बीच पनि संक्रमण दर नघटेको भन्दै नियन्त्रणका लागि थप कदम चाल्ने बेलायत सरकारको तयारी छ । कोराना महामारीकाबीच बेलायतमा ७ करोड ७० लाख भन्दा बढीलाइ खोप दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *