• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

राजदुतलाई एनआरएनको ध्यानाकर्षण- बुवाआमा बोलाउन सहज गर्न स्पेन सरकारसंग कुरा गर्ने राजदुतको प्रतिबद्दता

Byspainnepal

Jan 5, 2021

म्याड्रिड, ५ जनवरी/ स्पेनवासी नेपालीहरुका समस्या, स्पेनमा नेपालको पर्यटन क्षेत्रको प्रबर्द्धन, नेपालमा स्पानिस लगानीका सम्भावना लगायतका बिषयहरुलाई समेटेर एन आर एन ए म्याड्रिडले नेपाली राजदूतावास स्पेनको ध्यानकर्षण गराएको छ ।

कोरोना महामारीका समयमा नेपाल रहेका नेपालीहरुका समस्या, परिवार पुनर्मिलन, स्पेनमा बाबु आमालाई भिजिट भिसामा बोलाउन परेका समस्या, दुतावासबाट दिईने कन्सुलर सेवामा सुनिएका जनगुनासाहरु, परिवार पुनर्मिलनका लागि स्पानिस दुतावास नयाँदिल्लीमा अपोईन्टमेन्ट लिने क्रममा देखिएका समस्याहरुका साथै नेपालीहरुको बाक्लो बस्ति रहेका स्पेनका बिभिन्न शहरहरुमा अबैतनिक बाणिज्यदुत चयनका सम्भावना लगायतका बुँदाहरुलाई समेटेर एन आर एन ए म्याड्रिडले राजदुत दावाफुटी शेर्पा समक्ष ध्यानकर्षण पत्र बुझाएको हो ।

स्पेनवासी नेपालीहरुका समस्याहरु, स्पेनस्थित नेपाली संस्थाहरु संगको सहकार्य लगायत नेपालका लागि केहि गर्ने उद्देश्यका साथ बुझाईएको ध्यानकर्षण पत्रलाई अत्यन्तै सकारात्मक रुपमा लिंदै राजदुत शेर्पाले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

उक्त अवसरमा स्पेन स्थित नेपाली राजदुत दावा फुटी शेर्पाले स्पेनमा बस्ने नेपालीहरुका बुवाआमालाई यहाँ बोलाउन सहज बनाउन आफुले यहाँको परराष्ट्र मन्त्रालयसंग कुरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । एनआरएन म्याड्रिडले मंगलबार बु्झाएको ज्ञापनपत्र ग्रहण गर्दै राजदुत शेर्पाले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । उहाँले यसबारे आफुले यहाँको सरकारसंग आग्रह गर्ने बताउनुभयो । स्पेनमा कानुनी रुपमा बसेका नेपालीहरुले परिवारलाई ल्याउन सहज भएपनि आफ्ना बुबाआमालाई ल्याउन सहज छैन । ज्ञापनपत्र बुझाउन गएको एनआरएनको टोलीले यसबारेमा ध्यानाकर्षण गराएपछी राजदुत शेर्पाले आफुले सक्दो पहल गर्ने बताउनुभएको हो । साथै उहाँले स्पेनमा रहेका नेपालीहरुका अन्य समस्या समाधान गर्न समेत आफुले पहल गर्ने बताउनु भएको छ । कागजात प्रमाणिकरणमा देखिएका समस्या समाधान गर्ने, भारतमा दुतावासमा अपोन्टमेन्ट लिन भएको समस्या लगायतका विषयमा दुतावासले पहल गर्ने उहाँले बताउनुभयो ।

दुतावासमा केहि दिन पहिला आउनु भएका द्दितिय सचिव अर्जुन अधिकारीले दुतावासद्वारा उपलब्ध गराईने कन्सुलर सेवा सहज र सरल रुपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । एन आर एन ए म्याड्रिडका अध्यक्ष सुजिल गोलेको नेतृत्वमा दुतावास पुगेको टोलीमा एन आर एन ए स्पेनका उपाध्यक्ष उत्तर राई र नेपाल पर्यटन बोर्डका मानार्थ दुत एवं एन आर एन ए स्पेनका पुर्व अध्यक्ष एकराज गिरी पनि सहभागी हुनुहुन्थ्यो ।

एनआरएनले बुझाएको ज्ञापनपत्र यहाँ राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *