• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

बिदेशीने युवाको कथामा “लालुमै” (भिडियो सहित)

Byspainnepal

Mar 17, 2021


ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो “लालुमै” सार्वजनिक गरिएको छ । मनोवादको आवाज ,शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् । स्वदेशमै घर ,संसार र सम्भावना हुँदाहुँदै ,ठुला सपनाहरू बोकेर बिदेशीने युवाहरूको घर परिवार र देश प्रतीको प्रेमको कथा हो “लालुमै” । गीतको सङ्गीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् ।
सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमीला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा विजय बराल, घनश्याम जोशी ,मौसम खड्का ,राज न्यौपाने , उत्तम राज पाण्डे, शक्ति राई , उमेश तामाङ , रञ्जना ओली र सुरज तमु लगायत को अभिनय रहेको छ । नवीन बाबु गुरुङ र सुशील तामाङले संयुक्त रूपमा खिचेको भिडियोको सम्पादन र कलरिङ् निशान घिमिरेले गरेका हुन् ।

https://youtube.com/watch?v=yVqCzVRtoLo

Leave a Reply

Your email address will not be published. Required fields are marked *