• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा

Byspainnepal

Feb 4, 2021

काठमाडौँ । बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ग्रानडालाई ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समय खेलाइएको थियो । बार्सिलोनाका लागि एन्टोनी ग्रीजम्यान र जोर्डी आल्बाले दुई गोल गरेका थिए भने फ्रान्की डे जोंगले एक गोल गरेका थिए ।

त्यस्तै ग्रानडाका लागि केनेडी, रोबेर्टो सोलडाडो र फेडे भीकोले एक एक गोल गरेका थिए । बार्सिलोनासहित सेभिया, लेभान्टे कोपाको सेमिफाइनलमा पुगिसकेका छन् भने अब रियल बेटिस र एथलेटिक बिल्बाओबीच हुने खेलको विजयी टुंगो लागेपछि सेमिफाइनलको समिकरण पुरा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *