• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

बाढी पिडित राहत अभियानमा सहभागी हुन एनआरएन स्पेनको आब्हान

Byspainnepal

Oct 31, 2021

गैर आवासीय नेपाली संघ, स्पेनले शुरु गरेको बाढी पहिरो पिडित राहत संकलन अभियानमा सहभागी हुन सम्पुर्ण स्पेनबासी नेपाली समुदाय तथा संघ संस्थाहरुलाई अपिल गरेको छ । संघले गत शुक्रवार बसेको बैठकपछि एक अपिल जारी गर्दै नेपालमा परेको दुःखको समयमा एक जुट हुन सबैमा अपिल गरेको हो ।
संघले पछिल्लो केही समय देखि परेको अविरल वर्षाको कारण नेपालका पूर्वी तथा पश्चिमी तराईका अधिकांश भू–भागहरु अति प्रभावित भई हजारौं परिवार घरबार बिहिन भई ठुलो जनधनको क्षति भएको हुदा दिवंगत भएका व्यक्तिहरुप्रति श्रद्धान्जली ब्यक्त गर्दै सहयोगका लागि आब्हान गरेको हो ।

गैर आवासीय नेपाली संघ स्पेनले आफ्नो मातृभूमिमा आइपरेको बिपत्तिमा बिगतका दिन देखि नै सक्दो सहयोग गर्दै आइरहेको भन्दै यस पटक पनि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले समेत बाढि पिडितहरुलाई सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई गरेको आव्हान अनुसार अभियान शुरु गरिएको जनाएको छ । संघको अभियानमा विभिन्न ब्यक्तिहरु र संघसस्थाले सहयोग गर्ने क्रम जारी छ ।
एनआरएनए स्पेनले २५ अक्टोबर २०२१ का दिन गरेको दशैं तिहार शुभकामना तथा सांस्कृतिक कार्यक्रमबाट बचत रकम मार्फत सुरुवात गर्दै २९ अक्टोबर २०२१ मा बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार मातृभूमिमा परेको प्राकृतिक विपत्तिको बेला केही सहयोग गर्न सकियोस भन्ने उद्देश्यका साथ सहयोग संकलन अभियान शुरु गरेको जनाएको छ ।

संघले मानवीय संबेदनासंग जोडिएको यस घडीमा सम्पूर्ण सहयोगी हातहरु सधैँ झैँ ऐक्यबद्ध हुनेछौं भन्ने विश्वास गरेको छ ।
संघले सहयोग रकम एनआरएनए स्पेनको निम्न बैक खातामा जम्मा गरिदिन अनुरोध गरेको छ ।

Bank account (La Caixa Bank)

Non Resident Nepali Association

Iban:ES36 2100 0920 3601 0064 6604

Leave a Reply

Your email address will not be published. Required fields are marked *