• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

बाढीपहिरो पिडितको लागि स्पेनमा छुट्टाछुट्टै राहत संकलन सुरु , कता गयो एकद्धार प्रणाली ?

Byspainnepal

Oct 24, 2021

नेपालमा पछिल्लो समयमा आएको बेमौसमी बाढीपहिरोले ठुलो धनजनको क्षति पुर्याएको छ । भित्र्याउन ठिक्क परेको धानमा नोक्सान पुगेपछि तराई क्षेत्रका किसान बर्षभरी के खाने भन्ने समस्यामा परेका छन् । यसको लागि विश्वभरीबाट राहत संकलन अभियान सुरु भएको छ । गैर आवासीय नेपाली संघले पनि सवै एनसीसीहरुलाई राहत संकलनमा लाग्न चिठी पठाएको छ । स्पेनमा पनि विभिन्न क्षेत्रबाट राहत संकलन सुरु भएको छ । एनआरएनए आइसीसी सदस्य सुनिल रानाभाटले फेसबुक मार्फत आब्हान गरेका राहत संकलनमा अहिलेसम्म करिब एक हजार यूरो संकलन भैसकेको छ । यता एनआरएनए स्पेनले पनि छुट्टै राहत संकलन सुरु गरेको छ । एनआरएनए स्पेनले अहिलेसम्म राहत संकलनका लागि सार्वजनिक आब्हान गरेको छैन तर कार्यसमिती मार्फत राहत संकलन सुरु भैसकेको छ । उसले सोमवार गर्न लागेको दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रमलाई पनि बाढीपहिरो पिडितको सहयोगार्थ भनेको छ । यसबाट बचेको पैसामा थप संकलन गरेर बाढीपहिरो पिडितको लागि राहत पठाउने उल्लेख छ ।
यता आईसीसी रानाभाटले सुरु गरेको अभियानमा स्पेनका सवै क्षेत्रका अगुवाहरुले सहयोग गर्ने क्रम जारी छ । यो सहयोग एक हप्ता भित्रै नेपालमा रहेका प्रस्तावित आईसीसी सदस्य दिनेश गिरीसँगको समन्वयमा नेपालमा बितरण गर्ने जनाइएको छ ।

किन लागु हुन सकेन एकद्धार प्रणाली ?
यसअघि नेपालमा र स्पेनका नेपालीलाई परेको समस्यामा एनआरएनको तर्फबाट आब्हान भै सबै पक्षले सहयोग गरी एकद्धार प्रणालीबाट राहत संकलन तथा वितरण गर्ने परिपाटी रहेको थियो । गत कोभिडको बेलामा संघ, संस्थाहरुले छुट्टाछुट्टै राहत संकलन र वितरण गर्न थालेपछि एनआरएनएको पहलमा एकद्धार प्रणालीबाट गर्ने सहमती पनि भएको छ । तर अहिले त्यो देखिएको छैन् । राहत जसले जसरी पठाएपनि पिडितको मै पुग्ने भएपनि एकै ठाँउमा एकमुष्ट राहत पठाउँदा प्रभावकारी हुने भएपनि किन त्यसो हुन सकेन बारे दुवै पक्षका आआफ्नै विचार रहेका छन् । आइसीसी सदस्य रानाभाटले आइसीसीले राहत संकलनका लागि आब्हान गर्दा पनि एनसीसी स्पेनले चासो नदेखाएकोले आफुहरुले स्तहस्फुर्त रुपमा राहत संकलन सुरु गरेको बताउनुभयो । एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले भने आफुहरु सोमवार हुने कार्यक्रम र कोस्टाब्लान्कामा देखिएको समस्या समाधान गर्न लागि परेकोले समन्वय गर्न नसकेको बताउनुभयो । आफुहरुले सवै क्षेत्रीय कमिटीहरुलाई सहयोग संकलन गर्न आब्हान गरिसकेको र अरु सवै पक्षलाई समेत आब्हान गरेर एकमुष्ट सहयोग पठाउन प्रयास गर्ने बताउनुभयो ।

आइसीसी सदस्य सुनिल रानाभाटले सुरु गरेको अभियानमा अहिलेसम्म उठेको सहयोग

१) दीप श्रेष्ठ ~५१ यूरो

२)महेश घिमिरे ~१५१ यूरो

३) हेमन्त रानाभाट ~५१ यूरो

४)मुक्त ब. गुरुङ ~१०५ यूरो

५) सुनील रानाभाट~ १०१ यूरो

६) कमल थापा ~२१ यूरो

७)हेम सेर्पा~१०५ यूरो

८)सुरेन्द्र भुजेल~१५१ यूरो

९)यज्ञ नारायण पौडेल ~ ४१ यूरो

१०)केशब राज कंडेल ~ ५० यूरो

११)अक्कल बोहोरा ~ ५० यूरो

१२)केदार नाथ ढुंगना ~ ५१ यूरो

१३) दिनेश कुमार गिरी ~ रू १०,०००

14) राम कंडेल ~ २५ यूरो

१५ ) उत्कर्श प्रसाईं बराल ~ ३५ यूरो
१६ ) तुल्सी गुरुङ ~ ५१ यूरो

सहयोग गर्ने खाता नम्बर

ES26 2100 0839 8601 0148 6658

Leave a Reply

Your email address will not be published. Required fields are marked *