• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

बागलुङ समाज पोर्चुगलको दोस्रो अधिबेशन जुलाई १८ मा हुने

Byspainnepal

Jun 1, 2021

बागलुङ समाज पोर्चुगलको जुलाई १८ गते आइतबार दोस्रो अधिबेशन सम्पन्न हुने भएको छ । अधिबेशन सम्पन्न गर्न समाजका अध्यक्ष प्रेम बहादुर खड्काको सयोजकत्वमा १०१ अधिबेशन तयारी समिति गठन गरिएको छ ।
बागलुङ जन्मथलो भही पोर्चुगलमा कर्मथलो बनाउदै आउनु भएका नेपाली समुदाय हरुको बिचमा एक जुट भही सन् २०१० स्थापना भही सामाजिक कार्य गर्दै आएको छ ।
समाजको पहिलो अधिबेशन पछि गठन भएको कार्यसमितिले बाग्लुङमा भएका दैबिक प्रकोप, आर्थिक स्थिति कमजोर भएका मृगौला पीडित, क्यान्सर पीडित, कोभिड पीडितहरुलाई उपचार सहयोग, जिल्ला स्वास्थ क्षेत्र, शैक्षिक क्षेत्रको बिकास गरि आर्थिक संकलन गरि ५० लाख रुपैया दुई बर्षको कार्यकालमा सहयोग गरेको अध्यक्ष खड्काले बताउनु हुन्छ ।
अधिबेशनले समाजको आर्थिक र प्रगति प्रतिबेदन पास गर्दै नयाँ कार्यसमिति चयन गर्दै सप्पन्न हुने समाजले नियमित बैठकले निर्णय गरेको छ । साथै पोर्चुगलमा रहनु हुने बागलुङे हरुलाई समाजका पदाधिकारी संग सम्पर्क गरि समाजको पन्जिकरण सदस्य बन्न हुन आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *