• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

बाढीपहिरो पिडितको लागि स्पेनबाट पहिलो चरणको राहत पठाइयो

Byspainnepal

Oct 29, 2021

नेपालमा पछिल्लो समयमा आएको बेमौसमी बाढीपहिरोले पिडित भएका किसानलाई राहत प्रदान गर्न स्पेनमा संकलन गरिएको रकम नेपाल पठाईएको छ । गैरआवासीय नेपाली संघका आईसीसी सदस्य सुनिल रानाभाट, यज्ञ नारायण पौडेल “रमेश” , उत्तर कुमार राई, तुल्सी बहादुर गुरुङ, अक्कल बहादुर बोहरा, महेश्वर घिमिरे “भान्जा”, दानबहादुर भुजेल, केशव राज कडेंल लगायतले शुरु गरेको राहत संकलन अभियान अन्र्तगत संकलित रकम शुक्रवार नेपाल पठाइएको हो । नेपालमा रहनुभएका प्रस्तावित आईसीसी सदस्य दिनेश कुमार गिरी, निवर्तमान प्रवक्ता सुन्दर रानाभाट लगायतले राहत वितरणको ब्यवस्थापन गर्ने योजना अनुसार उक्त रकम पठाइएको आईसीसी सदस्य रानाभाटले बताउनुभयो । अहिलेसम्म संकलन भएको २ लाख ६० हजार ७ सय ३२ रुपैंया नेपाल पठाइएको यज्ञ नारायण पौडेलले बताउनुभयो । नेपालमा रहेका गिरी लगायतले प्रभावित क्षेत्रको पहिचान गरेर उक्त रकम बरावरको खाद्यान्न लगायतका सामाग्री खरिद गरी छिटो भन्दा छिटो पिडित किसानलाई सहयोग गर्ने उहाँले बताउनुभयो ।

। भित्र्याउन ठिक्क परेको धान बालीमा नोक्सान पुगेपछि तराई क्षेत्रका किसान बर्षभरी के खाने भन्ने समस्यामा परेका छन् । यसको लागि विश्वभरीबाट राहत संकलन अभियान सुरु भएको छ । गैर आवासीय नेपाली संघले पनि सवै एनसीसीहरुलाई राहत संकलनमा लाग्न चिठी पठाएको छ । एनआरएनए स्पेनले पनि राहत संकलन गरीरहेको छ । एनआरएन मार्फत संकलन भएको रकम पनि छिट्टै नेपाल पठाइने बताइएको छ ।

शुक्रवार नेपाल पठाइएको राहतमा सहयोग गर्नेहरुको नामावली

१)दीप श्रेष्ठ – ५१ यूरो
२)महेश घिमिरे – १५१ यूरो
३) हेमन्त रानाभाट – ५१ यूरो
४)मुक्त ब. गुरुङ १०५ – यूरो
५) सुनील रानाभाट – १०१ यूरो
६) कमल थापा – २१ यूरो
७)हेम सेर्पा – १०५ यूरो
८)सुरेन्द्र भुजेल – १५१ यूरो
९)यज्ञ नारायण पौडेल–४१ यूरो
१०)केशब राज कंडेल – ५० यूरो
११)अक्कल बोहोरा –५० यूरो
१२)केदार नाथ ढुंगना– ५१ यूरो
१३) दिनेश कुमार गिरी १०,००० रुपैंया
१४) राम कंडेल– २५ यूरो
१५) तुलसी ब. गुरुङ – ५१ यूरो
१६)उत्कर्ष प्रसाईं बराल – ३५ यूरो
१७) उत्तर कुमार राई – ५१ यूरो
१८) बल ब. कार्की – ५५ यूरो
१९) जानु गुरुङ – २५ यूरो
२०) देउकाजी गुरुङ – ५१ यूरो
२१) दिनेशराज रेग्मी – २५ यूरो
२२)दीपक क्षेत्री २५ – यूरो
२३)रितेश श्रेष्ठ १०१ – यूरो
२४) मेघनाथ ढकाल – २५ यूरो
२५) उपेस थापा – २० यूरो
२६) सुन्दर गुरुङ –२१ यूरो
२७) जन प्रगतिशील मंच, स्पेन – २,१० यूरो
२८) सबिन पोख्रेल – २१ यूरो
२९)संदेश पौडेल – २० यूरो
३०)अनुपसिङ्ग भण्डारी – ३१ यूरो
३१) पुलेन्द्र देउजा – २५ यूरो
३२) भिम कुमार श्रेष्ठ – २१ यूरो
३३) कोशिश राज महर्जन – ५० यूरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *