• Sun. Apr 14th, 2024

SPAIN NEPAL COM

फ्रान्समा भएको अल्ट्रा दौडमा नेपालकी सुनमाया दोस्रो

Byspainnepal

Aug 28, 2022

फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् । दि नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन् । उनी फ्रान्सकै ब्लेन्डिन ल हिरोन्डेलीसँग पछि परिन् । उनले ११ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । अमेरिकाकी अबी हलले निर्धारित दुरी १२ घण्टा १२ मिनेट ५६ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरिन् । गतवर्ष थाइल्याण्डमा भएको यूटीउमबीमा पहिलो भएपछि उनले विश्व च्याम्पियनसिपको मान्यता पाएको यस अल्ट्रा दौडमा छनोट भएकी थिइन् । विश्वको कठिन दौडमा सबै विधामा गरि २५ सय भन्दा बढी खेलाडी सहभागी हुने गर्छन् । त्यसअघि सुनमायाले सन् २०१७ मा पनि मोन्ट ब्लांक ८० किमि दौडमा सहभागिता जनाउँदा सातौं स्थान हासिल गरेकी थिइन् ।

२०१७ मा उनी सलोमोन योउङ एकाडेमीको लागि छनोट भएर ट्रेनिङ्ग पनि लिएकी बुढा अहिले बिश्व चर्चित ट्रेड मार्क नर्थ फेसको टिममा आबद्ध छिन।सुनमाया बुढा मिरा राइ इनिसीएटिभ को पहिलो छात्रा हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *