• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

फेसबुकले लगायो डोनाल्ड ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध

Byspainnepal

Jan 7, 2021

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसद भवनमा हमला गरेपछि फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो, तर अब फेसबुकले उनमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएका छन् ।

जुकरबर्गले आफ्नो वक्तव्यमा भनेका छन्- ‘पछिल्लो २४ घण्टाभित्र घटेको उदेकपूर्ण घटनाले स्पष्ट गरेको छ कि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको बाँकी दिन आफ्ना उत्तराधिकारी चयन भएका जो बाइडेनलाई शान्तिपूर्ण एवम् कानुनी तवरले सत्ता हस्तान्तरण हुन नदिनका लागि जोडबल लगाएर गुजार्न चाहन्छन् ।

‘ट्रम्पले आफ्ना उदण्ड समर्थकहरूको निन्दा गर्नुको साटो संसद भवनमा हमला गरेकोमा स्याबासी दिनका लागि यो प्लेटफर्म (फेसबुक)लाई दुरुपयोग गरे । ट्रम्पको यस हर्कतले अमेरिकाको मात्र नभइ सिङ्गै विश्वलाई चिन्तित तुल्याइदिएको छ ।’जुकरबर्गले अगाडि भनेका छन्- ‘हामीले हिजो उनको बयानलाई हटाइदियौँ किनकि हामी निश्चित हुन पुग्यौँ कि उनको बयानको असर तथा उद्देश्य हिंसा भड्काउनु नै हो ।

‘हामीलाई लाग्छ, यस दौरान राष्ट्रपतिलाई यस प्लेटफर्म प्रयोग गरिरहन दिनु निकै खतरापूर्ण छ । यसर्थ, हामीले राष्ट्रपतिको फेसबुक र इंस्टाग्राममाथि लगाएको प्रतिबन्धलाई अनिश्चितकालको लागि, कम्तीमा दुई साता, जबसम्म सत्ताको हस्तान्तरण शान्तिपूर्ण तरिकाबाट सम्पन्न हुँदैन, तबसम्मका लागि लम्ब्याउने निर्णय गरेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *