• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

प्रवासी नेपाली मन्च स्पेनद्धारा मदन आश्रित स्मृति कार्यक्रम सम्पन्न

Byspainnepal

May 18, 2021

प्रवासी नेपाली मन्च स्पेनको आयोजनामा मदन आश्रित स्मृति दिवसको अबसरमा स्मृति सभा सम्पन्न भएको छ । सोमवार भर्युच्अल माध्यमबाट भएको स्मृति सभामा प्रमुख अतिथि नेकपा एमाले प्रदेश नम्बर २ का सहइन्चार्ज तथा प्रधानमन्त्रीका पुर्व जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले मदन भण्डारीले अघि सारेको बिचार र देखाएको बाटोमा अघि बढ्न पार्टीलाई थप सृदृणिकरण गर्नु पर्ने बतनाउनुु भयो । साथै उहाँले अहिले नेपालमा कोरोनाले ल्याएको समस्या समाधानका लागि विदेशमा बस्ने नेपालीहरुले गरेको सहयोगको प्रसंशा गर्नुभयो । म्नचका अध्यक्ष हेम शेर्पाको अध्यक्षतामा भएको उक्त स्मृति सभामा विशेष अतिथि प्रवासी नेपाली मन्च युकेका अध्यक्ष तथा अन्तराष्ट्यि समन्वय समितीका अध्यक्ष भक्त गुरुङ, प्रवासी नेपाल मन्च स्पेनका पुर्व अध्यक्ष तथा एनआरएनएका युरोप उपसंयोजक मुक्त गुरुङ, प्रवासी नेपाली मन्च जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य, प्रवासी नेपाली मन्च इजरायलका अध्यक्ष तिर्थ गौतम, प्रवासी नेपाली मन्च रसियाका अध्यक्ष बिमला भण्डारी, प्रवासी नेपाली मन्च साइप्रसका अध्यक्ष लोकराज रानामगर, प्रवासी नेपाली मन्च चेक रिपब्लिकका अध्यक्ष उत्तम आर्चाय, प्रवासी नेपाली मन्च हङकङका अध्यक्ष भक्त गुरुङ, प्रवासी नेपाली मन्च कतारका अध्यक्ष चानक पोखरेल लगायतले मदन आश्रितको स्मरण गर्दै अब पार्टीको राजनितिक बाटोको बारेमा मन्तव्य राख्नुभएको छ । उक्त स्मृति सभा प्रवासी नेपाली मन्च स्पेनका महासचिव दिनेशराज रेग्मीले सन्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *