• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

प्रवासी नेपाली मञ्च स्पेन , पाइसभास्को क्षेत्रीय कमिटीको प्रथम अधिबेशन सम्पन्न

Byspainnepal

Mar 1, 2022

प्रवासी नेपाली मञ्च स्पेन क्षेत्रीय कमिटी पाइसभाष्को क्षेत्रको प्रथम अधिवेशन सोमवार सम्पन्न भएको छ । प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष हेम शेपाको प्रमुख आतिथ्यता तथा क्षेत्रीय कमिटीका अध्यक्ष श्याम दाहालको अध्यक्षतामा भएको अधिवेशनले राजु प्रसाद कडेलको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा शालिकराम सिग्देल, सचिबमा राजेन्द्र पराजुली, उप सचिबमा प्रकाश निउरे, उप सचिबमा अन्जु सुवेदी लम्साल सदस्यहरुमा शान्ती दाहाल, गीता गौतम, सन्जय सुवेदी, भरत श्रेष्ठ, इश्वर चौधरी, सन्तोष चौलागाईं रहनुभएको छ । यस्तै सल्लाहकारहरुमा कृष्णप्रसाद सिग्देल, श्याम प्रसाद दाहाल, कमला बराल, सबिन पोख्रेल, महानारायण चौधरी र केशव रिजाल रहनुभएको छ ।

अधिवेशनमा प्रवासी नेपाली मञ्च स्पेनका पुर्व अध्यक्ष तथा गैर आवासीय नेपाली संघका युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ, प्रवासी नेपाली मञ्च स्पेनका उपाध्यक्ष बलबहादुर कार्की, महासचिव दिनेशराज रेग्मी, कोषाध्यक्ष सिवप्रसाद गौतम, एनआरएनए क्षेत्रीय समिती पाइसभास्कोका अध्यक्ष अर्जुन गुरुङ, एनआरएनए स्पेनका पुर्व उपाध्यक्ष तुलसी गुरुङ, जनसम्पर्क समिती पाइसभास्कोका अध्यक्ष गंगाराम सापकोटा, जनप्रगतिशील मञ्च क्षेत्रीय समिती पाइसभास्कोका अध्यक्ष उदय राज पाठक लगायतका अतिथिहरुले नयाँ कार्यसमितीलाई सफलताको शुभकामना दिनुु भएको थियो । प्रवासी नेपाली मञ्च स्पेनले राष्ट्रिय अधिबेशन अघि विभिन्न क्षेत्रीय समितीका अधिबेशन सम्पन्न गर्ने क्रममा रहेको र छिटै अन्य क्षेत्रीय कमिटीको पनि अधिबेशन सम्पन्न गरिने अध्यक्ष हेम शेर्पाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *