• Sun. Apr 14th, 2024

SPAIN NEPAL COM

प्रवासी नेपाली मञ्चले सोमबार बार्सिलोनामा तीज विशेष कार्यक्रम गर्दै

Byspainnepal

Aug 28, 2022

प्रवासी नेपाली मञ्च स्पेनले विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाली महिलाहरूलाई हरितालिका तीजको दर खुवाउने भएको छ ।

नेपाली हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको साथमा नेपाली महिलाहरूलाई (२९ अगस्ट) आगामी सोमबार ‘वृहत् तीज विशेष साँस्कृतिक कार्यक्रम’सहित निःशुल्क दर खुवाउने भएको हो ।

स्पेनको बार्सिलोनास्थित सालोन दे इभेन्तोष एल प्रदो काइए दे लामिराल ओकेन्दो–५१–०८९३० सान्त आन्द्रिया दे बेसोसमा हुने उक्त कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक भगवान भण्डारी, देबिका केसी, सुमि घिमिरे सापकोटा र स्थानीय नेपाली कलाकारको सहभागिता रहने मञ्चले जनाएको छ ।
कोरोनाको कारण अघिल्ला बर्षहरुमा तीज जस्ता कार्यक्रमहरुमा ठुलो जमघट हुन नसकिएकोमा यो बर्ष कार्यक्रम बिशेष र भब्य हुने आशा आफुहरुले गरेको मञ्चका अध्यक्ष हेमन्त रानाभाटले बताउनु भयो।
उक्त दिनमा स्पेनस्थित आमा, दिदिबहिनी तथा संघसंगठनका प्रतिनिधिहरुलाई उपस्थिति हुन प्रवासी नेपाली
मञ्च स्पेनले अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *