• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

प्रधानमन्त्री ओलीले शनिवार चितवनमा के के गरे ? हेर्नुहोस फोटोमा

Byspainnepal

Jan 30, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार चितवनका विभिन्न कार्यक्रममा सहभागी हुनु भएको छ । चितवनमा पार्टीले गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले अन्य विभिन्न कार्यक्रममा पनि सहभागी भए । उहाँले पुल्चोक गोन्द्राङ ६ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० मा विमानस्थल अगाडि सडक स्तरोन्नतिको शिलालेख अनावरण गरी शुभारम्भ गर्नुभएको हो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आजै भरतपुर महानगरपालिका १० को बाइपास सडक नजिक बनाउन लागिएको भरतपुर सिटीहलको शिलान्यास पनि गर्नुभएको छ ।

तस्बिरहरु प्रधानमन्त्रीको सचिवालयबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *