• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

पहिले आफै भ्याक्सिन लाउने भ्यालेन्सियाका ३ जना मेयर निलम्बित

Byspainnepal

Jan 16, 2021


भ्यालेन्सिया, १६ जनवरी/ स्पेनको स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड भन्दा बाहिर गएर कोरोना बिरुद्दको भ्याक्सिन पहिले आँफैले लगाएका भ्यालेन्सिया अन्तर्गत पर्ने ३ वटा नगरपालिकाका आल्कादे ( मेयर ) निलम्बनमा परेका छन । पहिले स्वास्थ्यकर्मी, अग्रभागमा काम गर्नेहरु र प्रभाबित बासिन्दालाई लगाउने भनिएको भ्याक्सिन आँफैले लगाएको भन्दै भ्यालेन्सिया अन्तर्गत पर्ने भेर्गेर, एल्स पोब्लेट्स र राफायेल्बुन्योल नगरपालिका का मेयरलाई भ्यालेन्सियाको सत्तारुढ पार्टी पेसोइ ले निलम्बन गरी अनुसन्धान सुरु गरेको युरोपा प्रेसले जनाएको छ । निलम्बनमा पर्ने मेयरहरुमा फ्रान लोपेज, छिमो कोल र कारोलिना भिबेस छन । उक्त पार्टीले निकालेको बक्त्ब्यमा यो घटनाले निकै हिनताबोध बनाएको उल्लेख छ । उक्त पार्टीले अनुशासनको अनुसन्धान सुरु गरेको जनाउदै उनिहरु पदमा फर्कने कुरा अनुसन्धान सकिएपछी मात्र एकिन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *