• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

पत्रकार महासंघ युरोप शाखामा विवाद

Byspainnepal

Feb 20, 2021


लामो समयदेखि विवादमा रहेको नेपाल पत्रकार महासंघ युरोपको विवाद बढेको छ । दुुइवटा समुहले शनिवार अलग अलग अधिबेशन गरेका छन् । महासंघ केन्द्रले अहिले चुनाव नगर्न र अधिबेशन मात्रै गर्न निर्देशन दिएको थियो ।
दिल्ली अम्माईले आफु कार्यवाहक अध्यक्ष भन्दै अधिबेशन गरेका छन भने आफूलाई आधिकारिक दाबी गर्दै अध्यक्ष केजिन राई समूहले अलग महाधिवेशन गरेको छ । उक्त महाधिबेशनमा नेपाल सरकारका सुचना तथा संचार मन्त्री पार्वत गुरुङ प्रमुख अतिथि थिए । उनले कार्यक्रममा नेपाली पत्रकारहरुको सवालमा नेपाल सरकार सदैव साथमा रहने बताए। नेपाल पत्रकार महासंघ युरोप शाखाको चौथो अधिवेशनलाई भर्चुवल माध्यमबाट उद्घाटन गर्दै नेपालको राजनितिक गतिरोध छिट्टै अन्त्य हुने बताए ।

महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदुतावास बेल्जीयमका राजदुत गेहेन्द्र राजभण्डारी , जर्मनीका नेपाली राजदुत रामकाजि खडका ,डेनमार्कका लागि नेपाली राजदुत यव नाथ लम्साल ,पत्रकार महासंघकी केन्द्रिय सचिव लक्ष्मि पुन , गैरआवासीय नेपाली सघंका केन्द्रिय महासचिव डा हेमराज शर्माको सहभागिता थियो।

त्यस्तै एनआरएनए युरोप संयोजक नारायण आचार्य , नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी मगर , विविसी नेपाली सेवाका पूर्व बरिष्ठ पत्रकार भगिरथ योगी ,प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला ,एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे लगायत विभिन्न देशका पत्रकार , एनआरएनए अभियान्ता , राजनितिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।


उता दिल्ली अमगाईं नेतृ्वमा रहेका पत्रकारहरुको अधिबेशनले पत्रकार महासंघ यूरोप शाखाको पूर्व अध्यक्ष महेश थापाको संयोजनमा पांच सदस्यिय निर्वाचन तयारी समिति गठन गरेको छ । जसमा पत्रकार थानेश्वर सापकोटा, लक्ष्मण देवकोटा, ओम शर्मा र योगेन्द्रमिलन छन्त्याल छन । अधिवेशनले पत्रकार महासंघको बिधि बिधानको पूर्णत पालना गर्दै संस्थाको गरिमामय शाख जोगाउनकालागि आर्थिक पारदर्शीता कायम गर्ने, सदस्यता वितरणमा तोकिएका मापदन्ड लागू गर्ने र संस्थामा आबद्द साथीहरुको दक्षता अभिबृद्दि कार्यक्रम ल्याउने कुराहरु पारित गरेको स्विजरल्याण्डबाट पुराना पत्रकार लक्ष्मण देवकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *