• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

नेपाली जनसम्पर्क समिती स्पेनको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी

Byspainnepal

Nov 29, 2021

नेपाली जनसम्पर्क समिती स्पेनको आगामी कार्यकालको लागि अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । नोभेम्वर ३० तारिक हुने अधिबेशनका लागि आइतवार भएको मनोनयन दर्तामा अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ भने अरु सवै पदमा निर्विरोध भएको छ । अध्यक्ष पदमा पेशल कुमार कोईराला, सन्तोष श्रेष्ठ, अन्जु तिमिल्सेना र विष्णु रिजालको उम्मेदवारी परेको निर्वाचन समितीका संयोजक अनिल गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेपछि सहमतीको प्रयास भैरहेको र सहमती हुन नसके निर्वाचन हुने उहाँले बताउनुभयो । निर्वाचन कार्यतालिका अनुसार सोमवार बेलुका ८ वजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।
अध्यक्ष बाहेकका अन्य सबै पद र सदस्यमा भने निर्विरोध भएको छ । जस अनुसार २ जना उपाध्यक्षमा शिव उपाध्याय र यज्ञ प्रसाद अधिकारी निर्विरोध हुनुभएको छ । महामन्त्रीमा विनय अधिकारी, प्रभाकर दर्पण केसी सहमहामन्त्रीमा दीपक आर्चाय, कुल चन्द्र पन्थी निर्विरोध हुनु भएको छ । यस्तै सदस्यहरुमा श्रीराम चन्द भट्ट, भीम कुमार गुरुङ, कृष्ण पौडेल, सविता खत्री क्षेत्री बानिया, मुकेश कुमार शाही, कविता दाहाल, मनिषा भट्ट अधिकारी निर्विरोध हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *