• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

नेपाली जनप्रगतिशील मंच, स्पेनको नेतृत्वका लागि ३ जनाको दावी

Byspainnepal

Dec 6, 2021

नेपाली जनप्रगतिशील मंच, स्पेनको नयाँ नेतृत्वका लागि ३ जनाले दावी गरेका छन। मंचको आगामी नेतृत्वका लागि कृष्णहरि कंडेल, अशोक किरण न्यौपाने र बिशाल ढुंगानाले दाबी गरेका हुन ।
नेपाली जनप्रगतिशील मंच, स्पेनले आफ्नो तेस्रो अधिवेशन यहि डिसेम्बर १२ तारिक आइतबार आयोजना गरेको छ l अधिबेशन गर्नका लागि वर्तमान अध्यक्ष अर्जुन आचार्यको संयोजकत्वमा मूल अधिवेशन आयोजक समिति र संरक्षक श्याम प्रसाद खनालको संयोजकत्वमा सल्लाहकार गंगा प्रसाद भुषाल र कृष्ण प्रसाद भुषाल सदस्य रहने गरि समन्वय तथा निर्वाचन समिति गठन गरेको छ l
समन्वय तथा निर्वाचन समितिले आईतवार स्पेनको बार्सिलोनामा आयोजना गरेको बैठकमा मंचको आगामी नेतृत्वको लागि तीन जना प्रत्यासीहरुले आफ्नो दावी प्रस्तुत गरेको समन्वय समितिका संयोजक श्याम प्रसाद खनालले जानकारी दिनुभयो l अधिवेशनको अन्तिम तयारीका लागि मंचका संगठित सदस्यहरुको बिचमा भएको बैठकमा समन्वयको प्रयास र निर्वाचनको तयारीका लागि समन्वय तथा निर्वाचन समितिको लवीङमा कार्यकारिणी भूमिका लिनका लागि इच्छुकहरुले अनौपचारिक रुपमा आफ्नो कुरा राख्नका लागि समय उपलब्ध गराए पछी मंचको आगामी अधिवेशनमा नेतृत्वको लागि मन्चका सल्लाहकार कृष्णहरि कंडेल, महासचिव अशोक किरण न्यौपाने र संगठन विभाग प्रमुख बिशाल ढुंगानाले अध्यक्षमा आफ्नो दावी प्रस्तुत गरेका छन् l

रामेछाप स्थायी घर भई बिगत १२ बर्षदेखि स्पेनमा बसोवास गर्दै आयका कंडेल नेपाली जनप्रगतिशील मंच युरोपका निबर्तमान सचिव तथा बर्तमान कार्य समितिका सदस्य हुन l नेपाली जनप्रगतिशील मंच स्पेनको निबर्तमान उपाध्यक्ष रहेका कंडेलले आफु लामो समय मंचको सबै क्रियाकलाप तथा कार्यक्रमहरुमा सहभागि हुदै आएको र मंचको उद्देश्य अनुरुप कामगर्ने चाहने भएको हुँदा आफ्नो दावी स्वाभाविक रहेको बताए l कंडेल गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद, स्पेनको २०१३-२०१५ कार्यकालमा सचिव समेत रहेका थिए l

यस्तै पर्वत स्थायी घर भई बिगत ११ बर्ष देखि स्पेनमा बसोवास गर्दै आएका न्यौपाने संगठनको प्रभावशालि व्यक्तित्वको रुपमा परिचित छन् l संगठनको दोस्रो अधिवेशन पछी मंचको नेतृत्व तहमा उदाएका युवा नेता न्यौपाने प्रखर वक्ता तथा कुशल संगठकको रुपमा परिचित छन् l न्यौपाने मंचको सदस्य हुदै महासचिव सम्मको यात्रा तय गरेका व्यक्तित्व हुन, साथै पार्टि एकता पछि न्यौपानेले तत्कालिन ONUF, स्पेनमा सचिवको भूमिकामा समेत काम गरेका थिए

यस्तै कास्कीको पोखरा महानगरपालीका वडा नं. २६ स्थायी घर भई हाल १० बर्ष देखि स्पेन बस्दै आएका ढुंगाना लामो समय देखी राजनीतिक र सामाजिक कार्यहरुमा सक्रिय रहदै आएका छन् l बिधार्थी काल देखिनै राजनितिक र सामाजिक कार्यहरूमा संलग्न ढुंगाना मंन्चको साधारण सदस्य, सचिव, पार्टीको एरिया कमिटि उपाध्यक्ष हुदै हाल संगठन विभाग प्रमुख छन् l प्रष्ट वक्ता तथा स्वच्छ छवीका ढुंगाना एनआरएनए स्पेनको २०१७-२०१९ कार्यकालमा कोषाध्यक्ष र २०१९-२०२१ को कार्यकालमा सल्लाहकार समेत थिए ।

महासचिवमा निर्बिरोध हुने प्रवल सम्भावना
नेपाली जनप्रगतिशील मंचको स्पेनको आसन्न अधिवेशनमा महासचिवमा मंचका बर्तमान सचिव सुर्य प्रसाद सापकोटा “धिरज” निर्विरोध निर्वाचित हुने प्रवल सम्भावना रहेको छ l अध्यक्षका तीनजना प्रत्यासीहरुले उनलाई समर्थन गरेपछी सापकोटाको सम्भावना प्रवल रहेको समन्वय समितिले ठहर गरेको छ । यद्धपि आधिकारिक मनोनयन बन्द सत्रमा हुने हुदाँ अहिलेनै घोषणा गर्न नसकिने समन्वय समितिले बतायो l

अन्य पदमा सहमतिको प्रयास जारी
अधिवेशन अन्तिम तयारीको लागि आयोजित बैठकमा अध्यक्ष र महासचिव पद वाहेकका अन्य पदमा पनि आबश्यकता भन्दा बढीको दावेदारी प्रस्तुत भएको छ l दुई जना उपाध्यक्षको आवश्यकता रहेको पदमा पाँचजना इच्छुक छन् भने तीन सचिवका लागि चार जनाको दावी रहेको छ l त्यस्तै कोषाध्यक्ष पदमा भने अहिले सम्म एक जनाले मात्रै दावेदारी प्रस्तुत गरेका छन् l त्यस्तै नौ जनाको सदस्य पदमा तेह्र जनाले दावेदारी प्रस्तु गरेको समन्वय समितिले बताएको छ l

“ प्रगतिशील विचार – प्रगतिशील संगठन “ भन्ने मूल नारा लिएर मंचले आफ्नो तेस्रो अधिवेशन यहि १२ , डिसेम्बर २०२१ मा ZOOM मार्फत भर्चुअल माध्यम बाट आयोजना गरेको छ l कोभिड – १९ को प्रभाव र स्वास्थ्य सुरक्षाको सम्बेदनशिलता लाई मध्यनजर गर्दै अशिवेशन ZOOM बाट आयोजना गरिएको समन्वय समितिका सदस्य गंगा प्रसाद भुषालले बताउनु भयो l
मंचले आफ्नो तेस्रो अधिबेशनमा सम्पूर्ण स्पेनवासी नेपाली दाजु भाई तथा दिदीबहिनी हरुलाई उपस्थितिको लागि निमन्त्रणा गरेको छ l साथै मंचको अधिवेशनको लागि निम्न ZOOM ID र PASSCODE उपलब्ध गराएको छ l
ZOOM ID :- 82430710280
PASSCODE:- 456123
समय :- दिनको १५:०० बजे l

Leave a Reply

Your email address will not be published. Required fields are marked *