• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

नेपाली जनप्रगतिशिल मन्च, स्पेनद्धारा महामारीको बिरुद्ध एकजुट हुन अपिल

Byspainnepal

May 18, 2021


नेपाली जनप्रगतिशिल मन्च, स्पेनले कोरोना भाइरसको दोस्रो लहरले नेपालमा ल्याएको महामारीसंग लड्न सवैलाई एकजुट हुन अपिल गरेको छ । मन्चका अध्यक्ष अर्जुन आचार्य र महासचिव अशोक किरण न्यौपानेले एक अपिल प्रकासित गर्दै विश्वभरी छरिएर रहेका नेपाली समुदायलाई मातृभुमिको सहयोगका लागि हातेमालो गर्न आग्रह गर्नु भएको छ । साथै मन्चले नेकपा माओवादीले नेपालमा अक्सिजन प्लान्ट बनाउने, अक्सिजन कन्सेन्ट्रटर मेसिन खरिद गर्ने, अक्सिजन सिलिन्डरखरिद गर्ने लगायतका महामारीसँग जुध्न गरिहेका अन्य गतिबिधीको सहयोगका लागि स्पेनबाट १ लख रुपैंया सहयोग गर्ने र एनआरएनए स्पेनले पठाउन लागेको सहयोगका लागि २०१ युरो सहयोग गर्ने निर्णय गरेको छ । साथै मन्चले मातृभुमिमा परेको दुखको समयमा सवैजना एकजुट भएर सहयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *