• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

नेपालमा कोरोना बिरामी ३ हजार भन्दा कम

Byspainnepal

Jan 30, 2021


काठमाण्डौ – नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या तीन हजार भन्दा तल झरेको छ । अहिले नेपालमा दुई हजार सात सय ७९ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये एक सय ४४ जना आईसीयू र २५ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । बाँकी आइसोलेशनमा रहेका छन् । पछिल्लो २४ घण्टामा तीन सय ५० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ६६ हजार ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार छ सय १८ जनाको पीसीआर परिक्षण गर्दा एक सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार आठ सय ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार २७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *