• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

नेपालमा कोरोनाको दोस्रो लहर-एकै दिन १०९६ जना संक्रमित

Byspainnepal

Apr 18, 2021

नेपालमा कोरोनाको दोस्रो लहर झन् तीव्र भएको छ। पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ। ५ हजार ८४ नमुनाको पिसिआर र ६ सय ९९जनाको एन्टिजेन्ट परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

उपत्यकामा भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौंमा तीन सय २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर ८५ जना क्वारेन्टिनमा रहेका छन्। २४ घण्टामा दुई ६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या छ हजार दुई सय ९० पुगेको छ। हाल निको हुने दर ९६.७ प्रतिशत रहेको छ। आइतबार देशभर कोरोना संक्रमित भई एक सय १६ जना आईसियुमा छन् भने ४६ जना भेन्टिलेटरमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *