• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

नेपालको पर्यटन प्रर्बधनको लागि दुतावासद्दारा म्याड्रिडमा विशेष कार्यक्रम सम्पन्न

Byspainnepal

Jun 4, 2021

नेपाली दुतावास म्याड्रिडको आयोजनामा बिहिबार स्पेनको राजधानी म्याड्रिडमा नेपालको प्रर्यटन प्रबर्धन कार्यक्रम सम्पन्न भएको छ । दुतावासले नेपाल चिनाउने र नेपालमा जान स्पानिसहरुलाई प्रेरित गर्ने उद्देश्यले आयोजना गरेको “नेपाललाई नजिकबाट चिन्न बाँकी छ ” भन्ने कार्यक्रममा स्पेनका सरकारी तथा पर्यटन क्षेत्रमा काम गर्ने निकाय र नेपाली समुदायको सहभागिता रहेको थियो । म्याड्रिड स्थित क्यासिनो म्याड्रिडको हलमा भएको कार्यक्रममा नेपाललाई आफ्नो दोस्रो घर बताउने पर्वतारोही कार्लोस सोरियाले नेपाल आफ्नो जीवनकालमा एकपटक जानै पर्ने ठाँउ भएको भन्दै नेपालको पर्यटकीय क्षेत्रको बारेमा यर्थाथ र आफ्नो नेपाल अनुभव आदान प्रदान गर्नु भएको थियो । नेपालमा धान फल्ने भुमी देखि पृथ्वीको सवैभन्दा अग्लो चुचुरो भएको देश भन्दै नेपालमा पाइने विविध हावापानी मात्रै नभएर नेपालको संस्कृतीको बारेमा पनि धेरैले थाहा पाउनुपर्ने बताउनुभयो । नेपालमा धेरै जात, भाषा, धर्म मिलेर बसेको संस्कृती विश्वकै उदाहरणीय रहेको भन्दै त्यसको अनुभव गर्न नेपाल जानुपर्ने बताउनुभयो । उहाँले नेपालीहरुको पाहुनालाई स्वागत र सत्कार गर्ने परम्परा विश्वमै उत्कृट रहेको बताउनुभयो ।

कार्लोस सोरिया ८० बर्षको उमेरमा धौलागिरी हिमाल आरोहणको लागि हालै नेपाल पुग्नुभएको थियो र तर कोरोना माहामारीको कारण उहाँले आरोण स्थगित गरेर स्पेन फर्कनुभएको हो । उहाँले सगरमाथा देखि लिएर ८ हजार मिटरमाथिको धेरै हिमाल आरोहण गरिसक्नुभएको छ । कार्यक्रममा कार्लोसको टिमका फोटोग्राफर लुइस मिगेल, आरोही सितो कार्काभिला लगायतले नेपाल अनुभवको आदानप्रदान गर्दै नेपाल भ्रमण गर्नुपर्ने कारणहरुको बारेमा ब्याख्या गर्नु भएको थियो ।

देश निभेल पत्रिकाका डाइरेक्टर दारीयो रोद्रीगेथले सन्चालन गर्नुभएको कार्यक्रममा स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पाले नेपालको जातजाती, धर्म, सस्कृती र पर्यटकीय क्षेत्रको बारेमा भिडियो प्रस्तुत गर्दै सबैलाई नेपाल भ्रमण गर्न प्ररित गर्नु भएको थियो । उहाँले हालै नेपालमा कोरोना माहामारीसँग लड्नका लागि स्पेन सरकारले गरेको सहयोगका लागि स्पेन सरकार र स्पेनका नागरिकलाई धन्यवाद दिदै यो सहयोग निरन्तर रहने विश्वास ब्यक्त गर्नु भयो । यसक्रममा उहाँले नेपाल विभिन्न जाती, सस्कृती र धर्म मिलेर बसेको देश भएकोले विश्वलाई नै उदाहरणीय ठाँउ भएको भन्दै नेपालको विविधतापुर्ण संस्कृती र नेपालको प्राकृतिक सौन्र्दयता अवलोकनका लागि सवैलाई एकपटक नेपाल जान आग्रह गर्नु भयो । अहिले कोरोना माहामारीको कारणले केही समस्या भएपनि यो माहामारी छिटै सकिने र नेपालको पर्यटन क्षेत्रले समेत गति लिने उहाँले बताउनुभयो । यसको लागि स्पेनिस जनता र अरु सवैलाई नेपालप्रति सद्भाव राख्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा स्पेनको सरकारी निकाय, पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न क्षेत्रका प्रतिनिधी र स्पानिस तथा नेपाल समुदायका ब्यक्तिहरु सहभागी भएको र उक्त कार्यक्रमले नेपाललाई थप चिनाउन र नेपालको पर्यटन प्रबद्धनको लागि महत्वपुर्ण काम गरेको कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघ स्पेनका उपाध्यक्ष उत्तर राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *