• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

सर्वोच्चको फैसलाले ब्युँतायो पूर्व एमाले र नेकपा माओवादी केन्द्र (पूर्ण पाठसहित)

Byspainnepal

Mar 7, 2021

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिताको विषयमा परेको मुद्दामा रिट निवेदक ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । नेकपा नाम विवादका विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल अध्यक्ष रहेको पार्टी नै आधिकारिक नेकपा भएको फैसला सुनाएको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले दुवै पक्षको बहस सुनिसकेपछि यस्तो फैसला गरेको हो । यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
फैसलामा भनिएको छ, “नेकपाक नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला नै दर्ता भइसकेको अवस्थामा सोही दर्ता भइसकेको पार्टीसँग नाम मिल्ने गरि नयाँ पार्टी दर्ता गरेको विपक्षी मध्येको निर्वाचन आयोगको मिति २०७५ जेठ २३ गतेको निर्णय र सो निर्णयलाई सदर गर्ने गरि भएको मिति २०७५/०७/०९ को निर्णय फैसला राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफला ६ (१) (ङ) र राजनीतिक दलसम्बन्धी नियमावली, ०७४ को नियम ९ मा भएको कानुन व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ ।”
त्यसैगरि सर्वोच्चले यी दुई निर्णय बदर भएसँगै निर्वाचन आयोगमा राजनीतिक दलनका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकिकृत मार्क्सजादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग-अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहनेसमेत फैसलामा उल्लेख गरेको छ ।
नेकपाका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा उनले आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगले अरुलाई दिएकाले बदर हुनुपर्ने माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *