• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

नयाँ बजेटमा एनआरएन बारे के छ ?

Byspainnepal

May 30, 2021


सरकारले गैर आवासीय नेपाली (एनआरएनए) हरुको छुट्टै पहिचान दिने एनआरएन स्मार्ट कार्ड वितरण गर्ने घोषणा गरेको छ । शनिबार आर्थिक वर्ष २०७८–र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपालीको छुट्टै पहिचान दिने एनआरएन स्मार्ट कार्ड वितरण गरिने घोषणा गरेका हहुन् ।

त्यस्तै गैरआवासीय नेपालीहरुको ज्ञान र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गर्न नेपाल सरकारको समेत लगानीमा स्थापीत एनआरएन कोपलाई पूर्वाधार विकासमा उपयोग गरिने बजेट भाषणमा उल्लेख गरिएको छ ।

गैरआवासीय नेपाली संघमार्फत १० अर्बको लगानी भइने उद्देश्यले एनआरएन नेपाल मलपमेन्ट एण्ड नामको कम्पनी स्थापना भइसकेको छ। नेपाल सरकारको समेत लगानी रहेको सो कम्पनीले दर्ता प्रकिया सम्पन्न गर्दै यति बेला प्रतिवद्धता जाहेर गरेका संस्थापकहरुबाट रकम संकलन गर्ने कार्यलाई अघि बढाइरहको छ।

त्यस्तै बजेटमा ब्रेन ग्रेन सेन्टरलाई बनाई विदेशमा विशेषज्ञता एंव विशिष्ठता हासिल गरेका नेपालीको ज्ञान राष्ट्र निर्माणमा उपयोग गरिने पनि उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *