• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

डिआरसी मुक्त गुरुङको पहलमा संकलित रकम तनहुँको स्कुललाई हस्तान्तरण

Byspainnepal

Dec 3, 2021

गैर आवासीय नेपाली संघ, यूरोप उपसंयोजक मुक्त बहादुर गुरुङको पहलमा विभिन्न देशहरुबाट संकलित सहयोग रकम तनहुँको स्कुललाई हस्तान्तरण गरिएको छ । विभिन्न देशका एनआरएनए अभियान्ता, प्रवासी नेपाली मंचका प्रतिनिधी तथा समाजसेवीहरुको तर्फबाट प्राप्त भएको ५ लाख २५ हजार रुपैया शुक्रवार आयोजित एक कार्यक्रमका बीच तनहुँको शुक्ला गण्डकी नगरपालिका १२ बराहडाडा स्थित बाराही आधारभुत प्राथमिक विद्यालयलाई हस्तान्तरण गरिएको डिआरसी गुरुङले जानकारी दिनुभयो । शुक्ला गण्डकी नगरपालिका उपप्रमुख तथा नेकपा एमालेकी नवनिर्वाचित केन्द्रीय सदस्य सविता रसाइसीको उपस्थितीमा विद्यालयमा भएको एक कार्यक्रमका बीच बिद्यालयकी प्रधानध्यापक राधा गुरुङलाई उक्त सहयोग रकम प्रदान गरिएको हो । उक्त रकम मध्ये विद्यालयलाई भवन पूर्ननिमार्णको लागि ३ लाख नगद तथा ५० हजार बरावरको विद्यार्थीहरुलाई झोला तथा कापी कलम लगायतका शैक्षिक सामाग्री, विद्यालयको आगामी बार्षिक उत्सवको लागि ५० हजार सहयोग गरिएको गुरुङले जानकारी दिनुभयो । यस्तै उक्त सहयोग रकम मध्ये ५० हजार बराह भोर्ले मोटरबाटो मर्मतका लागि खर्च गर्ने गरी सहयोग गरिएको उहाँले बताउनुभयो ।

डिआरसी गुरुङले शुरु गर्नु भएको सहयोग अभियानमा एनआरएका अभियन्ताहरु महासचिबका  उम्मेदवार गौरी जोशी (अमेरिका) ,सचिबका उम्मेदवार रामशरण सिम्खडा (यूके) , सचिबका उम्मेदवार ओम गुरुङ (जापान), प्रविण गुरुङ (कतार), उपाध्यक्ष धर्मराज अधिकारी (अष्ट्रेलिया) लगायतले सहयोग गर्नु भएको थियो । यस्तै प्रवासी नेपाली मंचका प्रतिनिधिहरु र अमेरिकामा रहेका उक्त विद्यालयका पूर्व विद्यार्थीहरुले पनि सहयोग गरेका थिए । यस्तै स्पेनका विभिन्न समाजसेवीहरुले पनि गुरुङको उक्त अभियानलाई साथ दिदै सहयोग गर्नु भएको थियो । आफु पढेको विद्यालयलाई प्रवासबाट सहयोग रकम संकलन गरी सानो भएपनि सहयोग गर्न पाएकोमा खुसी लागेको गुरुङले बताउनुभयो । उहाँले आफ्नो सहयोग अभियानमा साथ दिई सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *