• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

जिनेदिन जिदानलाई कोरोना पोजेटिभ

Byspainnepal

Jan 22, 2021

म्याड्रिड, २२ जनवरी / रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना पोजेटिभ देखिएको छ । क्वलले शुक्रवार उनलाई कोरोना पोजेटिभ देखिएकोले क्वारेन्टायनमा रहेको जनाएको छ । यससंगै शनिवार आल्भेससंग हुने लालिगाको म्याचका लागि उनी भिट्टोरिया जान नपाउने भएका छन् । उनको स्थानमा उनका सहायक डेभिड बेट्टोनीले नेतृत्व गर्नेछन् ।
रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा तेस्रो डिभिजनको क्लबसँग लज्जास्पद हार ब्यहोरेर बाहिरिएपछि जिदान दवावमा छन् । बुधबार राति तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २(१ गोलले पराजित भएको भएर म्याड्रिड कोपा डेल रे फुटबल प्रतियोगितामा अन्तिम ३२ बाटै बाहिरिएको थियो।
एकै साता दुई वटा प्रतियोगिताको उपाधिबाट बाहिरिएको म्याड्रिड टिम निकै दबावमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *